घाँस काट्न जंगल गएका स्याङ्तानको गोलि लागेर मृत्यु

सिन्धुली/जिल्लाको घ्याङलेख गाउँपालिकामा एक पुरुष गोली लाग्दा ज्यान गएको छ । ज्यान जानेमा घ्याङलेख गाउँपालिकामाका ४ बस्ने ४६ वर्षीय युग बहादुर स्याङतान रहेका छन् ।
जंगलमा घाँस काट्ने क्रममा गोलीको छर्रा लागेर स्याङ्तान घाइते भएका थिए। घाइते भए पश्चात स्याङ्तानलाई उपचारका लागि काठमाडौंस्थित के.एम.सी. अस्पताल लगिएको थियो ।
उपचारको क्रममा आज बिहान ८:०५ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपनिरीक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो
काफ्लेको अनुसार अनुसन्धानमा संलग्न चिकित्सकहरूले मृतकको शरीरमा गोलीको छर्राहरू भेटिएको पुष्टि गरेका छन्। घटनाको जानकारी आज बिहान ७:०० बजे घ्याङ्लेख गाउँपालिका ४ का बल बहादुर मोक्तानले प्रहरीलाई दिएका थिए।यस घटनाको अनुसन्धान प्रहरी निरीक्षक टिका राज बरालको नेतृत्वमा भइरहेको छ ।
अनुसन्धानबाट केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ। ती व्यक्तिहरूले अवैध शिकारको लागि जंगल गएको र दुर्घटनावश स्याङतानलाई गोली लागेको स्वीकार गरेका छन्। हाल यस घटनामा थप अनुसन्धान जारी रहेको र प्रहरी वृत गोशाला, काठमाडौंबाट पनि सहयोग लिइएको प्रहरी उपनिरीक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो।
प्रहरीको अनुसार घ्याङ्लेख गाउँपालिकाका बल बाहादुर मोक्तान २५ वर्ष र सोही गाउँपालिकाका लेख बहादुर गोले (४१ वर्ष) का नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।