दुई चोरी मुद्दामा दोषी ठहरिएका युवक पक्राउ

सिन्धुली/चोरीका दुई छुट्टाछुट्टै घटनामा अदालतबाट कैद र जरिवानाको फैसला भएपछि फरार रहेका एक युवकलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका-७ का २३ वर्षीय काले भनिने दिपक योन्जन रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार योन्जन विरुद्ध सिन्धुली जिल्ला अदालतले स्कुटर चोरी मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । अदालतले २०८२ भदौ ८ गते उक्त फैसला गरेको हो ।

त्यसअघि २०८२ भदौ १ गतेकै अदालतको अर्को फैसलाले मोटरसाइकल चोरी मुद्दामा पनि एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

दुवै मुद्दामा अदालतबाट दोषी ठहरिएपछि फरार रहेका योन्जनलाई फैसला कार्यान्वयनका क्रममा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका योन्जनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत सिन्धुलीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *