-
सिन्धुली/ सिन्धुलीमा जारि प्रथम खेलकुद महोत्सवमा क्रिकेट खेलमा कमलामाई नगरपालिकाले दुधौली नगरपालिकालाई हराउदै फाईनलमा प्रवेश गरेको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन ८, २०८१
प्रतियोगितामा पहिलो ब्याटिङ गर्दै दुधौली नगरपालिकाले १५।१ ओभरमा १० विकेट गुमाउदै ६५ रन जोड्न सफल भएको थियो । जसमा सबैभन्दा बढी मुकेश शाहले २३ बलमा २९ रन जोड्न सफल भएका थिए । दुधौली नगरपालिकालाई ६५ रन मा रोक्न का लागि कमलामाई नगरपालिकाले ३ ओभर बलिङ गर्दा ७ रन खर्चेर ३ विकेट लिएको थियो भने दुधौली नगरपालिकाले ४ ओभर बलिङ गर्दा १३ रन खर्चेर ३ विकेट लिएका थियो ।
कमलामाई नगरपालिकाले ६ विकेट गुमाउदै १८।१ ओभरमा टार्गेट पूरा गर्न सफल भएको छ । कमलामाई नगरपालिका को जीतमा शैलेश कार्कीले ५४ बलमा २८ रन र ३ ओभर बलिङ गर्दा ३ विकेट लिँदै उत्कृष्ट अलराउन्डर प्रदर्शन गरेका गरेका थिए । आज (बिहिबार) भएको क्रिकेट प्रतियोगितामा शैलेश कार्की म्यान अफ दि म्याच घोषित भएका छन् ।
खेलकुद महोत्सव अन्तर्गत भोली शुक्रबार विहान ९ बजेबाट मरिण गाउँपालिका र तीनपाटन गाउँपालिकाको क्रिकेट म्याच सञ्चालन हुने छ । त्यस्तै दिउँसो १२ बजेबाट दुधौली नगरपालिका र सुनकोशी गाउँपालिकाका विच प्रतिस्प्रधा हुने छ र दिउँसो २ बजेबाट मरिण गाउँपालिका र कमलामाई नगरपालिका विच फुटबल म्याच सञ्चालन हुने खेलकुद महोत्सवका आयोजक टिमले जानकारी दिएका छन् ।
‘राष्ट्रका लागि खेलकुद तथा स्वास्थ्यको लागि खेलकुद‘ भन्ने नाराका साथ सुरु भएको खेलकुद महोत्सव ८ गते देखि १३ गते सम्म सञ्चालन हुने छ । खेलकुद महोत्सवमा फुटबल, क्रिकेट, ब्याडमिन्टन, म्याराथन र बक्सिङ लागायतका खेलहरु हुने छन्। जसमा ९ ओटै पालिकाका खेलाडीहरू सहभागी हुने आयोजकले बताएका छन्।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२