गाई मारेको झुटो अभियोग लगाएको भन्दै प्रशासन मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र

सिन्धुली/नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सिन्धुलीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ । गाई मारेको झुटो अभियोगमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दुई जनालाई थुनामा राखेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत नेपाल सरकारका गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् ।
मंसिर २६ गते सिन्धुली जिल्लाको मरिण गाउपालीका –५ निवासी ऐमान सि गोले र नगदले गोलेलाई इलाका प्रहरी कार्यलय मरिणको गस्ति टोलीले नियन्त्रण गरि जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याएर गाई मारेको भन्ने झुटो अभियोग लगाइ थुनामा राखेको घटना प्रति सोमबार गंभिर ध्यानकर्षण गराएका हुन् ।
“ स्थानिय संगिता माझिको घरमा पालेको गाई मरेको थियो । गाई धनि संगिता माझिले तामाङ समुदायका मान्छेहरुलाइ बोलाएर मरेको गाईको मासु खानेहरुले काटेर खानु भनेर भने । स्थानिय तामाङनीहरु जम्मा भएर मरेको गाई काटेर मासु भाग लगाएर आ आफ्नो घर लगे । स्थानिय ऐमान सि गोले र नगदले गोले मरिन खोलामा माछा मारेर घर फर्किदा गाइको मासु काटेको ठाउँमा पुगे त्यहाँ उनिहरुको लागि पनि मासुको भाग रखिदिएको हुनाले आ आफ्नो भाग मासु बोकेर घरतिर जादै गर्दा वाटोमा प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन् ।
नेपालको संविधान २०७२ ले नेपाल एक बहु जातीय, बहु भाषिक, वहु धार्मीक र बहु सांस्कृतिक मुलुक हुनेछ भन्ने किटान गरेको छ । संविधानले सबै जातीको भाषा, संस्कार संस्कृति, धर्मलाइ समान मान्यता दिएको छ । तर व्यवहारमा अझै विभेदपूर्ण घटनाहरू घटिरहेका ज्ञापनपत्रमा भनिएको छ ।
कानुनले प्रतिबन्ध नगरेको काममा प्रहरी प्रशासनको हस्तक्षप किन? यसरी सोझा तामाङहरुलाई दुःख दिनुको पछाडि प्रहरी प्रशासनको के स्वर्थ छ ? भन्दै तामाङ जातिहरुले प्रश्न उठाएका छन् । “ गाइ धनिले मेरो गाई मरेको भनिरहेका छन् । स्थानिय प्रत्यक्षदर्शीहरुले मरेको गाई काटेको भन्दा भन्दै सोझा नागरिकहरुलाइ थुनेर राज्यलाइ के फाइदा हुन्छ ? यस्तो प्रकारको कदमले जातिय द्वन्द निम्त्याउँछ । घटनामा संलग्न प्रहरी अधिकारीलाई विभागीय कार्यवाही गर्नु पर्दछ । ” नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सिन्धुलीका अध्यक्ष सुरद बहादुर स्याङ्तानले भन्न्ुभयो ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सिन्धुलीले ऐमान सि गोले र नगदले गोले माथि लगाएको गाई मारेका भन्ने झुट्टा मुध्दा खारेज गरिनुपर्ने,थुनामा राखिएको ऐमान सि गोले र नगदले गोलेलाइ विना सर्त तुरुन्त रिहा गर्नुपर्ने, निर्दोष व्यक्तिलाइ पक्राउ गर्न आदेस दिने प्रहरी अधिकारी माथि विभागिय कार्यवाही गरिनुपर्ने, विना अपराध थुनिएको ऐमान सि गोले र नगदले गोलेलाइ उचित क्षतिपूर्ति दिनुपर्ने मागहरु अघि सारिएको छ ।
५ दिन भित्र मागहरु पुरा नभएमा हामी आन्दोलनमा उत्रिने भन्दै सृजना हुने असहज परिस्थिाको जिम्मेवार प्रशासन नै हुने चेतावनी समेत दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *