अनुदानमा लोकल कुखुरा पाएपछि दंग छन् शिरपुरका सानुकान्छा

सिन्धुली/‘कृषिमा लगानी:आधुनिक प्रविधियुक्त खेती किसानी।’ हरिहरपुरगढी गाउँपालिकाले अवलम्वन गरेका नाराहरुमध्य यो पनि प्रमुख नाराभित्र पर्छ । यसैको जगमा टेकेर पालिकाले कृषिक्षेत्रमा निरन्तर लगानी गरिरहेको छ । जसले गर्दा यहाँका कृषकहरुले स्थानीय सरकार भएको महसुस गर्न पाएका छन् ।

कृषि तथा पशुपालनलाई स्थानीय आर्थिक समृद्धिको मुख्य आधार बनाउने लक्ष्यसहित हरिहरपुरगढी गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । गाउँपालिकाले सञ्चालन गर्दै आएको अनुदान तथा प्राविधिक सहयोग कार्यक्रमले अहिले कृषकहरुलाई व्यवसाय सञ्चालन गर्न र आत्मनिर्भर बन्नको लागि निकै टेवा पुगेको छ । किसानहरुका लागि पालिकाले ५० प्रतिशत अनुदानका धेरैथरि कार्यक्रमहरु सन्चालन गरिरहेको छ ।

वाइबा भन्छन् “व्यवसाय राम्रोसँग सञ्चालन भएमा एकदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी हुन्छ । यसका लागि नियमित खट्न अल्छि मान्नु हुँदैन । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा १ सय वटा लोकल कुखुराका चल्ला ल्याएर पाल्न थालेको छु ।

५० प्रतिशत अनुदान कार्यक्रमबाट लाभान्वित किसानहरू व्यावसायिक पशुपालनतर्फ आकर्षित हुँदै गएका छन् । सोही क्रममा हरिहरपुरगढी गाउँपालिका वडा नं.२ शिरपुरका सानुकान्छा वाइबाले गाउँपालिकाको ५० प्रतिशत अनुदानमा लोकल कुखुराका चल्ला लिएर व्यावसायिक कुखुरापालन सुरु गरेका छन् । वाइबाको अनुसार अहिले उनको खोरमा झन्डै १ सय वटा लोकल कुखुराहरु छन् । गाउँपालिकाले चल्लासँगै दाना पिस्ने मिलसमेत उपलब्ध गराएपछि उनलाई कुखुरा व्यवस्थापन गर्न थप सहज भएको छ ।

पहिले घरमै खानका लागि मात्रै कुखुरा पालन गर्दै आएका वाइबालाई आर्थिक वर्ष २०८२/२०८३ मा गाउँपालिकाबाट प्राप्त ५० प्रतिशत अनुदानले व्यावसायिक रुपमा कुखुरा पालन गर्न प्रेरित गर्यो । त्यसपछि उनि व्यावसायिक रुपमा कुखुरा पालन गर्दै आएका छन् । वाइबा भन्छन् “व्यवसाय राम्रोसँग सञ्चालन भएमा एकदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी हुन्छ । यसका लागि नियमित खट्न अल्छि मान्नु हुँदैन । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा १ सय वटा लोकल कुखुराका चल्ला ल्याएर पाल्न थालेको छु । पालिकाबाट दाना पिस्ने मेल पनि पाएको छु । अहिले दुई महिना भयो ।”

वाइबाका अनुसार गाउँपालिकाको सहयोग बिना व्यवसाय सुरु गर्न सम्भव थिएन । तर अनुदान कार्यक्रमले आर्थिक भार कम गरिदिएको र व्यवसाय सुरु गर्ने आत्मविश्वास समेत बढाएको उनले सुनाए । आगामी दिनहरुमा गोठ सुधार कार्यक्रममा पनि गाउँपालिकाले बजेट विनियोजन गरि सहयोग गरिदिए अझ व्यवस्थित र व्यावसायिक रूपमा कुखुरापालन विस्तार गर्न सकिने वाइबाले अपेक्षा राखेका छन् ।

पालिकाले किसानको उत्पादन वृद्धि, आयआर्जन विस्तार तथा स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यले फर्म सञ्चालन संगै कृषकहरुलाई आवश्यक सामग्री, उन्नत बीउ, प्रविधि र प्राविधिक परामर्श उपलब्ध गराइरहेको छ । पशुपालनमा पनि विशेष अनुदान सहित प्राविधिक तथा परामर्श सेवा उपलव्ध गराउँदै आएको छ ।

हरिहरपुरगढी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई वार्षिक नीति तथा बजेटको प्राथमिकतामा राख्दै किसानलाई उत्पादनमुखी बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिकाका कृषि अधिकृत प्रवेश देवकोटाले जानकारी दिए । उनका अनुसार पालिकाले किसानको उत्पादन वृद्धि, आयआर्जन विस्तार तथा स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यले फर्म सञ्चालन संगै कृषकहरुलाई आवश्यक सामग्री, उन्नत बीउ, प्रविधि र प्राविधिक परामर्श उपलब्ध गराइरहेको छ । पशुपालनमा पनि विशेष अनुदान सहित प्राविधिक तथा परामर्श सेवा उपलव्ध गराउँदै आएको छ ।

हरिहरपुरगढी गाउँपालिकाले कृषक तथा पशुपालकहरूको हितलाई पहिलो प्राथमिकतामा राखेको स्पष्ट पार्दै देवकोटाले भने “किसानहरूलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला, दाना पिस्ने मिल लगायत आवश्यक सामग्री उपलब्ध गराइएको छ । हाम्रो उद्देश्य स्थानीय स्तरमै उत्पादन वृद्धि, रोजगारी सिर्जना र पालिकाका प्रत्येक व्यक्तिलाई आत्मनिर्भर बनाउनु हो ।”

गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रमहरुबाट धेरै किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । कृषि तथा पशुपालन क्षेत्रमा लगानी बढेसँगै ग्रामीण क्षेत्रमा उद्यमशीलता विस्तार हुँदै गएको सरोकारवालहरुको अनुभव छ । गाउँपालिकाको समयानुकूल योजना, अनुदान कार्यक्रम र प्राविधिक सहयोगले किसानलाई व्यवसाय विस्तार गर्न महत्वपूर्ण टेवा पुगेको किसानहरुको भनाई छ ।

हरिहरपुरगढी गाउँपालिकाको कृषिमैत्री नीति, अनुदान र प्राविधिक सहयोगले परम्परागत कृषिलाई व्यावसायिकतातर्फ रूपान्तरण गर्दै किसानमा नयाँ उत्साह थपेको छ । यस्ता आत्मनिर्भरतामुखी कार्यक्रमहरूको निरन्तरताले स्थानीय स्तरमा उत्पादन वृद्धि, रोजगारी सिर्जना र दिगो आर्थिक विकासको लक्ष्य प्राप्तिमा इँट्टा थप्ने काम गर्छ ।

(हरिहरपुरगढी गाउँपालिकाको सहयोगमा तयार पारिएको)

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *