हरिहरपुरगढीले गर्याे ४ जना कृषक र १ उत्कृष्ट कृषक समूहलाई सम्मान

सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले “अध्यक्ष उत्कृष्ट कृषक कार्यक्रम” अन्तर्गत विभिन्न कृषि तथा पशुपालन क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने ४ जना कृषक र १ उत्कृष्ट कृषक समूहलाई सम्मान गरेको छ ।

आज मंगलबार एक कार्यक्रमको आयोजना गर्दे गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा उत्कृष्ट काम गर्ने कृषक र कृषक समूहलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट कृषक र समूहलाई सम्मान गरेको हो ।

पालिकाको अनुसार कुखुरापालन विधाबाट एम जी एग्रो फार्मका यम कुमार गोले, गाईपालन विधाबाट नमुना गाईपालन फार्मका शिशिरलाल भोलन, तरकारी खेती विधाबाट बस्तीपुर नमुना कृषि फार्मका अजय बहादुर घिसिङ तथा फलफूल खेती विधाबाट गुर्जीठाकुर कृषि फार्मका शेर बहादुर थिङलाई सम्मान गरीएको हो ।

यस्तै कृषि तथा पशुपालन (समूह) विधातर्फ तुलसी लघु उद्यम कृषक समूहका दिल बहादुर पाख्रिनलाई उत्कृष्ट कृषक समूहका रूपमा सम्मान गरिएको गाउँपालिकाले जाकारी दिएको छ ।

गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपाने, पालिकाका सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, गाउँसभा सदस्यहरु, कर्मचारीहरु तथा कृषकहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *