सिन्धुली-१ कांग्रेसको नेतृत्वमा सुजन थापामगर, १९९ मतको फराकिलो अन्तर

सिन्धुली/नेपाली कांग्रेस सिन्धुली क्षेत्र नं. १ को नयाँ नेतृत्वको टुंगो लागेको छ ।

सभापतिमा सुजन थापामगर निर्वाचित हुनुभएको छ । मंगलबार राति १० बजेदेखि सुरु भएको मतगणना बुधबार बिहान ५ः३० बजे सकिँदा थापामगरले ४९२ मत प्राप्त गर्नुभयो ।

उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी बलराम कार्कीलाई १९९ मतले पछि पार्नुभएको हो । कार्कीले २९३ मत प्राप्त गर्दा चन्द्रदीप कोइरालाले २०७ मत पाउनुभएको थियो ।

सभापतिको प्रतिस्पर्धामा स्पष्ट मतान्तर सहित विजयी हुनुभएको थापामगरले क्षेत्रीय नेतृत्वको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
यस्तै सचिवमा दौलत कार्की निर्वाचित भएका हुनुभएको छ । कार्कीले ४६९ मत प्राप्त गर्दा पूर्णराज गिरीले ३१५ र खगेन्द्रराज भण्डारीले १८३ मत पाउनुभएको थियो ।

त्यसैगरी सहसचिवमा अविनाश अधिकारी निर्वाचित हुनुभएको छ । उहाँले ५११ मत प्राप्त गर्दा यन्त्रराज भण्डारीले ४२९ मत प्राप्त गर्नुभयो ।

क्षेत्र नं. १ मा कुल १ हजार ६१ मतदाता रहेकामा १ हजार १४ मत खसेको थियो । रातभर चलेको मतगणनापछि बिहान सार्वजनिक भएको परिणामसँगै कांग्रेस क्षेत्र नं. १ को नयाँ नेतृत्व औपचारिक रूपमा चयन भएको हो ।

सभापतिमा थापामगरको जितसँगै क्षेत्र नं. १ कांग्रेसको आगामी राजनीतिक नेतृत्वको जिम्मेवारी अब उहाँको काँधमा आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *