बाढी पिडितलाई जनसेवा फाउन्डेसनको आर्थिक सहयोग
असोज १६, सिन्धुली/जनसेवा फाउन्डेसनले सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकालाई ५०/५० हजार आर्थिक सहयोग प्रदान गरेको छ । गत बिहिबार देखि परेको अबिरल बर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले क्षति पु¥याएको परिवारको लागि फाउण्डेसनले आर्थिक सहयोग गरेको हो ।
बुधबार प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य लेखनाथ दाहाल (राजन) ले गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल र सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीलाई चेक हस्तानतरण गर्नुभएको हो ।
बाढीबाट क्षति भएको घर परिवारलाई एकद्वार प्रणाली विपद व्यवस्थापन कोष मार्फत राहत, उद्दार तथा सहयोग गर्न आर्थिक सहयोग गरिएको फाउण्डेसनले जनाएको छ । जनसेवा फाउन्डेसन माओवादी केन्द्र सिन्धुलीसँग आवद्ध सँस्था हो । सो सँस्थाले आर्थिक स्तर न्युन भएका, रोगि, शारिरिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।