हर्षाहीमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन

असोज ११, सिन्धुली/दुधौली नगरपालिका-६ हर्षाहीमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । बामगती प्रदेश, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले शुक्रबार एक समारोहकाबीच जगाडीमा नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री लामिछानेले संघीयताको सफल कार्यान्वयन गर्न प्रदेश प्रहरी सम्बन्धमा सबै गम्भीर हुन जरुरी रहेको बताउनुभयो । उहाँले प्रदेशभरि नै प्रहरी संगठनभित्र केही सीमितता भएको भन्ने गुनासो आउने गरेको सुनाउनुभयो ।

केही संरचना जस्तै: ब्यारेक, मेस, शौचालय तथा नियमित प्रयोजनका लागि आवश्यक स्रोत साधनको कमी भएको भन्ने गुनासोको सम्बोधन गर्दै चालु आर्थिक वर्षमा ३ करोडभन्दा बढी बजेट विनियोजन गरिएको मन्त्री लामिछानेले जानकारी दिनुभयो । मन्त्री लामिछानेले नवनिर्मित प्रहरी चौकीबाट ६ नम्बर वडाका करिब ७ हजारभन्दा बढी समुदाय प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा भवन निर्माण गरिएको जानकारी दिनुभयो ।

प्रहरी चौकीको भवन निर्माणका लागि प्रथम चरणको कामका लागि मनसरा सप्लायर्स एण्ड कन्ट्रक्सन प्रालिसँग २०७८ वैशाख २३ गते सम्झौता गरिएको थियो । भवन निर्माणको अनुमानित अनुमानित लागत ६२ लाख ४० हजार ९०४ रुपैयाँ रहेकोमा ३६ लाख १३ हजार ८८ रुपैयाँमा निर्माण सम्झौता गरिएको थियो ।

दोस्रो चरणको कामका लागि खानी च्यान्यासोरी जेभी बानेश्वरसँग सम्झौता गरिएको थियो । अनुमानित लागत १ करोड ८१ लाख ३३ हजार ४९० रुपैयाँ ( भेरियसनपछिको रकम) रहेकोमा १ करोड लाख २८ हजार ७३४ रुपैयाँमा सम्झौता भएको जानकारी दिइएको छ ।

कार्यक्रममा बागमती प्रदेशका सांसद मातृका भट्टराई, शुष्पा भुजेल, जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामा, उप्रमुख शान्ति कार्कीलगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *