चकमकेमा रास्वपाको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
सिन्धुली/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तीनपाटन गाउँपालिकाको आयोजनामा ‘हामी आउँदैछौँ’ कार्यक्रमअन्तर्गत चकमकेमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
रास्वपा तीनपाटन गाउँपालिकाका उपसभापति पुष्प तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शंकर श्रेष्ठको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश महामन्त्री मेनुका ठकुरीको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा रास्वपा सिन्धुली जिल्ला कमिटी सदस्य विर्खबहादुर वञ्जन, सुनिता गजुरेललगायत तीनपाटन गाउँपालिकाका ११ वटै वडाका प्रतिनिधि तथा पार्टीका शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश महामन्त्री मेनुका ठकुरीले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाबारे जानकारी गराउनुभयो। उहाँले पार्टीले निर्माण गरेको ‘क्यान्डिडेट क्लब’मार्फत उम्मेदवार छनोट गरिने प्रक्रियाका विषयमा सहभागीहरूलाई स्पष्ट पार्नुभयो।
त्यस्तै केन्द्रीय सदस्य शंकर श्रेष्ठले पार्टीको वैचारिक तथा सैद्धान्तिक विषयमा प्रशिक्षण दिनुभयो। उहाँले पार्टीको विचार, सिद्धान्त र संगठन निर्माणका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुका साथै सहभागीहरूले राखेका प्रश्नहरूको जवाफ समेत दिनुभयो।
कार्यक्रममा रास्वपा बागमती प्रदेश भ्रष्टाचार निवारण विभागका पूर्वसचिव शरोज पुलामीले स्वागत मन्तव्य राख्नुभएको थियो भने रास्वपा तीनपाटन गाउँपालिकाका सचिव पुरुषोत्तम घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।



