कांग्रेस महाधिवेशन : सिन्धुली-२ बाट प्रतिनिधि टुंगिए
सिन्धुली/नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिहरू चयन भएका छन् ।
निर्वाचन क्षेत्रबाट खुला, महिला तथा ३५ वर्षमुनिका युवा प्रतिनिधिहरूको टुंगो लागेको हो ।
खुलातर्फ क्षेत्र बहादुर वम्जन, दीपक कुमार घिमिरे, कुमार ढकाल, डम्बर बहादुर कार्की, नवराज श्रेष्ठ (आकास), ईश्वर कुमार बस्नेत, उपेन्द्र कुमार पोखरेल, भुपेन्द्र पौडेल, बिबश कुमार वाईबा र कृष्ण प्रसाद दाहाल महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
महिलातर्फ टिका कुमारी थापा, दुर्गा देवी सुनुवार, बालकुमारी श्रेष्ठ र मनिषा पोखरेल प्रतिनिधि बनेका छन् ।त्यस्तै ३५ वर्षमुनिको खुला युवा प्रतिनिधितर्फ समिर विक्रम थापा र मबिन कुमार तामाङ चयन भएका छन् ।
प्रतिनिधि चयन भएसँगै सिन्धुली-२ बाट कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सूची टुंगिएको छ । यससँगै महाधिवेशनको तयारी र आन्तरिक राजनीतिक गतिविधि पनि थप तीव्र हुने देखिएको छ ।


