उद्योग तथा वाणिज्य कार्यालयद्धारा झण्डै ८० लाख राजस्व संकलन
उद्योग र वाणिज्य गरी १० हजार ३ सय ३१ उद्योग तथा व्यवसाय सञ्चालनमा
-
भदौ ७, सिन्धुली/उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले आर्थिक बर्ष २०८०/८१ मा झण्डै ८० लाख राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार जिल्लामा सञ्चालन भएका उद्योग तथा व्यवसायबाट आर्थिक बर्ष २०८०/८१ मा ७९ लाख ९४ हजार १० रुपैयाँ राजस्व संकलन भएकाे छ।
जसमा वाणिज्य तर्फ ४२ लाख ५३ हजार १५० रुपैयाँ र उद्योग तर्फ ३७ लाख ४० हजार ८ सय ६० रुपैया राजस्व संकलन गरिएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख धुव्रप्रसाद ढकालले जानकारी दिनुभयो । जिल्लामा आर्थिक वर्ष २०८०/८१ को असार मसान्त सम्ममा उद्योग र वाणिज्य गरी १० हजार ३ सय ३१ उद्योग तथा व्यवसाय सञ्चालनमा रहेका छन् । पछिल्लो समय साना तथा घरेलु उद्योग र व्यापार व्यवसायको संख्या बढेको प्रमुख ढकालको भनाई छ । उत्पादनजन्य, कृषी तथा बनजन्य खनिजजन्य, निर्माण, पर्यटन, सेवामूलक, सूचना प्रविधी सम्वन्धी उद्योग तथा अन्य व्यापार व्यवसाय सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्यांक अनुसार जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा उद्योग तर्फ ६ सय ८९ उद्योग दर्ता हुँदा ९६ उद्योगले लगत कट्टा गरेका छन् । यस्तै वाणिज्य तर्फ १ सय ५९ व्यापार व्यवसाय दर्ता हुँदा ७५ वटा व्यवसाय लगत कट्टा गर्नेमा परेका छन् । यसको तथ्यांक हेर्दा ४७ दशमलब १६ प्रतिशत व्यवसाय बन्द भएका छन् । नयाँ उद्योग तथा व्यवसाय दर्ता भएर सन्चालन हँदा रोजगारीको अवसर सिर्जना हुने र स्वाबलम्वी हुन मद्दत पुग्ने भएकाले व्यवसायीहरुलाई सहयोगी निकायहरुले उचित अवसर प्रदान गर्नुपर्ने व्यवसायीहरु बताउँछन् ।
News Desk 0 response शुक्रबार, भदौ ७, २०८१

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२