• भदौ ६,सिन्धुली/अखिल (क्रान्तिकारी) प्राकृतिक श्रोत व्यवस्थापन कलेज मरिणको चौथो इकाई सम्मेलन सम्पन्न भएको छ । बिहिबार सम्पन्न चौथो इकाई सम्मेलनले नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश सदस्य विमर्श मोक्तान(प्रख्यात) को प्रमुख आतिथ्यतामा नयाँ कमिटी गठन गरेको छ ।
    अभिशेक बाँनियाको अध्यक्षतामा १२ सदस्यीय कमिटी सर्वसम्मत गठन गरिएको जनाइएको छ । नयाँ कमिटीको उपाध्यक्षमा सुमन पौडेल, सचिवमा मिलन कुमार भण्डारी, सहसचिवमा उज्जवल आरण ,कोषाध्यक्षमा विशाल बाबू गोतामे सहित १२ सदस्यीय कमिटी चयन गरेको थियो ।
    सम्मेलनले उक्त कमिटि अन्तर्गत जीएभीएस संयोजकमा सृजना भट्ट रसह–संयोजक मा विश्व थापा,टेक्निकल हेडमा विष्णु ठाकुर र स्मृति कुइकेल, स्वयमसेवक कमाण्डरमा सुदर्शन पौडेल,सह–कमाण्डरमा सविन बराल लाई निर्वाचित गरेको छ ।
    कार्यक्रममा अखिल(क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज भानुभक्त श्रेष्ठ, नेकपा(माओवादी केन्द्र) प्रदेश, परिषद सदस्य अमृत घिसिङ, नेकपा(माओवादी केन्द्र) मरिण अध्यक्ष काजीमान थिङ लगायतको उपीसथती रहेको थियो ।