करेन्ट लागेर एक जनाको ज्यान गयो

साउन २०, सिन्धुली/जिल्लामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । आइतबार माछा मार्ने क्रममा करेन्ट लागेरे दुधौली नगरपालिका–१ गिच्यानीका २७ वर्षीय नविन धामी दनुवारको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयको अनुसार स्थानीय बंका खोलामा माछा मार्न नविन धामी र सोही ठाउँका ५० वर्षीय जंगबहादुर धामी र ५१ वर्षीय ईन्द्र सापकोटा विद्युतीय तारको प्रयोग गरी माछा मार्न गएका थिए ।
माछा मार्न गएका नविन धामी करेन्ट लागेर गम्भीर घाईते भएपछि दुधौली नगर अस्पताल सिर्थौली पुर्याइएकोमा केहि समयमै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मृतक सव पोष्टमार्टम पश्चात परिवारलाई बुझाइएको र घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया