मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा अवरुद्ध, आवातजावत ठप्प

साउन १६,सिन्धुली/सिन्धुलीको ठाउँठाउँमा लेदा सहितको पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएराती देखि परेको अविरल बर्षाको कारण जिल्लाको फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकामा लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
गोलन्जोर गाउँपालिका –६ अक्करे भिर र सोहि गाउँपालिकाको वडा नम्बर २ स्थित कुखुरेटारमा ढुङगा सहित लेदो माटो खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । त्यस्तै फिक्कल गाउँपालिकाको वडा नम्बर ४ खाङसाङ खोलामा बाढी आएकोले दुवैतर्फ सवारी साधन आवातजावत ठप्प भएको छ ।
फिक्कल गाउँपालिकाको जेसिविले सडक सहज वनाउने प्रयास भइरहेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो । त्यस्तै गोलन्जोर गाउँपालिकाको दुबै स्थानमा प्रहरीले जेसिविले पहिरो पन्साउन प्रयास गरिरहेको जनाइएको छ ।
विहान करीब ६ ः १० बजेबाट मध्यपहाडि लोकमार्ग सडक अवरुद्ध भएको थियो । हाल दुवै तर्फको सवारीसाधन सडकै रोकिएका छन् ।