• साउन १०, सिन्धुली/करदाता सेवा कार्यालय सिन्धुलीले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ८२ प्रतिशत कर उठाएको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ८८ करोड ३६ लाख २० हजार रुपैयाँ कर उठाउने लक्ष्य राखेकोमा ७२ करोड ६७ लाख ८४ हजार रुपैयाँ अर्थात ८२ दशमलव २५ प्रतिशत कर उठाएको हो ।
    गत आवमा लक्ष्य भन्दा कर कम उठेपनि करदाता सेवा कार्यालय सिन्धुलीको ३ वर्ष यताकै उच्च कर उठेको करदाता सेवा कार्यालय सिन्धुलीका सूचना अधिकारी रुपा तामाङले जानकारी दिनुभयो ।
    सुचना अधिकारी तामाङका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा कार्यालयले ३६ करोड ९९ लाख ९९ हजार रुपैयाँ कर उठाउने लक्ष्य राखेकोमा ४८ करोड ४७ लाख ९३ हजार रुपैयाँ अर्थात लक्ष्यको १३१ प्रतिशत कर उठेको थियो । त्यस्तै आव ७९/८० मा कार्यालयले ५७ करोड ७० लाख ५६ हजार रुपैयाँ कर उठाउने लक्ष्य राखेकोमाा ७० करोड ९१ लाख २६ हजार रुपैयाँ अर्थात लक्ष्यको १२३ प्रतिशत कर उठाएको जनाइएको छ ।
    गत आर्थिक वर्षको आयकर साउन महिनामा ६ करोड ३५ लाख ७९ हजार रुपैयाँ कर उठाउने लक्ष्य राखेकोमा ३ करोड ८६ लाख ४७ हजार रुपैयाँ अर्थात ६० दशमलव ७९ प्रतिशत उठेको सुचना अधिकारी तामाङले जानकारी दिनुभयो ।
    भदौमा ४ करोड ४१ लाख १६ हजार रुपैयाँ उठाउने लक्ष्य राखेकोमा ७ करोड ६९ लाख ९० हजार अर्थात १७२ दशमलव ५२ प्रतिशत कर उठेको थियो । त्यस्तै असोजमा ४ करोड ५२ लाख ५४ हजार रुपैयाँ अर्थात १०० दशमलव ५४ प्रतिशत कर उठेको थियो भने कार्तिकमा ४ करोड ५३ लाख २० हजार रुपैयाँ उठाउने लक्ष्य रहेकोमा ३ करोड ७६ लाख १३ हजार अर्थात ८२ दशमलव ९९ प्रतिशत कर उठेको जनाइएको छ ।
    कार्यालयले मंशिरमा ४ करोड ८२ लाख ६६ हजार रुपैयाँ कर उठाउने लक्ष्य राखेकोमा ५ करोड १३ लाख ३० हजार रुपैयाँ अर्थात १०६ दशमलव ३५ प्रतिशत कर उठेको थियो । पुसमा १४ करोड ५२ लाख ५५ हजार रुपैयाँ कर उठाउने लक्ष्य राखेकोमा ७ करोड १५ लाख १९ हजार रुपैयाँ, माघमा ५ करोड ४२ लाख ९७ हजार रुपैयाँ लक्ष्य रहेकोमा ५ करोड ८६ लाख १६ हजार रुपैयाँ अर्थात १०७ दशमलव ९५ प्रतिशत कर उठेको थियो ।
    फागुनमा ४ करोड ५२ लाख ७१ हजार रुपैयाँ कर उठाउने लक्ष्य लिएकोमा कार्यालयले ४ करोड ७१ हजार अर्थात ८८ दशमलव ५१ प्रतिशत, चैतमा ११ करोड ४६ लाख ६४ हजार लक्ष्य राखिएकोमा ५ करोड १७ लाख ३६ हजार अर्थात ४५ दशमलव १२ प्रतिशत,वैशाखमा ६ करोड ३६ लाख २६ हजार लक्ष्य राखेकोमा ४ करोड ८८ लाख ४१ हजार अर्थात ७६ दशमलव ७६ प्रतिशत कर उठेको थियो ।
    जेठमा ७ करोड ७६ हजार लक्ष्य राखेकोमा ९ करोड ७८ लाख ७२ हजार अर्थात १३९ दशमलव ६७ प्रतिशत कर उठेको थियो भने असारमा १४ करोड ३८ लाख ९८ हजार कर उठाउने लक्ष्य राखेकोमा १० करोड ८९ लाख ५१ हजार अर्थात ७५ दशमलव ७१ प्रतिशत उठेको सुचना अधिकारी तामाङले जानकारी दिनुभयो ।
    करदाता सेवा कार्यालय सिन्धुलीले गत वर्ष आयकर ४४ करोड ३४ लाख ५६ हजार उठाउने लक्ष्य राखेकोमा ३७ करोड ४३ लाख ३३ हजार उठेको जनाइएको छ । त्यस्तै मुल्य अभिवृद्धि कर ४० करोड ९ लाख ८३ हजार उठाउने लक्ष्य राखेकोमा ३२ करोड ७४ लाख ४ हजार उठेको थियो भने अन्तशुल्क ३ करोड ९१ लाख २१ हजार उठाउने लक्ष्य राखेकोमा २ करोड ५० लाख २६ हजार कर उठेको सुचना अधिकारी तामाङले बताउनुभयो ।