सिन्धुलीमा पहिलोपटक दुर्बिनबाट पत्थरीको सफल शल्यक्रिया

साउन ८, सिन्धुली/सिन्धुली अस्पतालमा पहिलोपटक दुर्बिनबाट पत्थरीको सफल शल्यक्रिया गरिएको छ । सोमबार एक बिरामीको पित्तथैलीमा रहेको पत्थरीको दुर्बिन प्रयोग गरी शल्यक्रिया गरिएको हो ।
जानकी मेडिकल कलेज जनकपुर अस्पतालका डा. शशीशेखर अधिकारी नेतृत्वको टोलीले दुर्बिन प्रविधिबाट गरेको यो शल्यक्रिया जिल्लामै पहिलो भएको अस्पतालले जनाएको छ । टोलीमा डा. अधिकारीसँगै डा. विनयकुमार चौधरी र डा. दिन्जुल कटुवाल संलग्न रहेका थिए ।

सोही टोलीले सिन्धुली अस्पतालमा एपेन्डिसाइटिसका बिरामीको पनि दुर्बिनको प्रयोग गरेर सेवा प्रदान गरिने अस्पतालका सूचना अधिकारी राजकुमार गोलेले जानकारी दिनुभयो ।
यो सफलतासँगै अब पित्तथैलीमा पत्थरी भएका र एपेन्डिसाइटिसका बिरामीले जिल्लाबाहिर जानु नपर्ने भएको छ । यसअघि यस्ता बिरामीलाई अन्यन्त्र ’रेफर’ गर्ने गरिएकोमा अब सिन्धुली अस्पतालाटै यी सेवाहरु प्रदान गरिने अस्पतालका सूचना अधिकारी गोलेले बताउनुभयो ।