• असर २७,सिन्धुली/जिल्ला खेलकुद समिति सिन्धुलीको अध्यक्षमा पुनः बिर बहादुर थिङ नियुक्त हुनुभएको छ । बागमती प्रदेश खेलकुद विकास समितिले थिङलाई पुन : जिल्ला खेलकुद समिति सिन्धुलीको अध्यक्षमा नियुक्त गरेको हो ।

    प्रदेश खेलकुद विकास ऐन,२०७५ को दफा १२ को उपदफा (१) तथा प्रदेश विकास खेलकुद नियमावली (संसोधन सहित), २०७६ को नियम (३) को उपनियम (१) को (१) मा व्यवस्था भए बमोजिम थिङलााई अध्यक्षमा नियुक्त गरिएको बागमती प्रदेश खेलकुद विकास समिति सदस्य सचिव सुर्यलाल भण्डारीले उल्लेख गर्नुभएको छ ।

    अध्यक्ष थिङको यो दोस्रो कार्यकाल हो । यसअघि दुई वर्ष अवधिको कार्यकाल सकिएर साढे ३ महिना रिक्त रहेको थियो । थिङलाई ४ बर्षको लागि अध्यक्ष पदमा नियुक्त गरिएको हो ।

    सिन्धुली सहित बामगती प्रदेशको १३ वटा जिल्ला खेलकुद विकास समितिमध्ये मकवानपुर, धादिङ, काभ्रे, काठमाडौं र सिन्धुपाल्चोक गरी ६ वटामा अध्यक्ष नियुक्त गरेको हो । चितवन, नुवाकोट, रसुवा, ललितपुर, भक्तपुर, दोलखा र रामेछाप जिल्लामा अध्यक्ष नियुक्त गरिएको छैन ।