• माघ २२, सिन्धुली/नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरेले संघिय प्रणाली पछाडि स्थानियतहरुले संचार माध्यमलाई विकासका साझेदारको रुपमा लिन छाडेको दाबि गर्नुभयो ।
    प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल सिन्धुलीद्धारा आयोजीत पत्रकारीताको विश्वसनीयता, चुनौती र अबको गन्तव्य बिषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
    अध्यक्ष घिमिरेले सिन्धुलीका स्थानीयतहरुले जिल्लाका संचार माध्यमलाई संरक्षण गर्न नखोजिएको बताउनु भयो । “ राज्य प्रणालीले वर्गाीकरणमा परेका केहि पत्रिकालाई थोरै भएनी शुल्क दिएको छ । तर रेडियो, टेलिभिजन, अनलाइन लाई हाल सम्म शुल्क निर्धारणका कानुनी व्यवस्था गर्न नसक्दा आफै चल्नुपर्ने बाध्यता छ । स्थानीय सरकारले संचारमाध्यम संरक्षणको लागि लोक कल्याणकारी विज्ञापन दिएर संचारमाध्यकको संरक्षण गर्नुपर्छ भन्ने हेक्का नै राख्दैनन्स उहाँले भन्नुभयो ।
    त्यस्तै नेपाल पत्रकार महासंघ सिन्धुलीका पुर्व अध्यक्ष राजकुमार कार्कीले पत्रकारमा एकता आवश्यक रहेको बताउनु भयो । पत्रकारहरुनै विभाजित हुँदा चुनौती थपिएको उहाँले बताउनु भयो । कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बरुण लामिछाने, प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    प्रेस नेपाल सिन्धुलीका अध्यक्ष विनय दाहालले पछिल्लो समय संचार माध्यमको विश्वसनियता अत्यन्तै कमजोर हुँदै गएको महसुस भएको बताउनु भयो ।
    समाचारको सत्य तथ्यता, समाचार प्रकाशन, प्रसारण पछिको वातावरण र पाठकको धारणाको बिषयमा आज जिल्लामा पत्रकारीतामा ३ दशक भन्दा बढि समय बिताउनु भएका पत्रकारहरुको उपस्थितीमा छलफल गरिएको थियो ।