• मंसिर २७, सिन्धुली/सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर २ डाङ्सेमा आगो निभाउने क्रममा जलेर घाइते भएका रामजी बहादुर बोगटीको मृत्यु भएको छ । गत मंसिर ४ गते आफ्नै गोठमा अचानक आगो सल्केपछी निभाउने क्रममा घाइते भएका ५५ बर्षीय रामजी बहादुर बोगटीको किर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको थियो ।

    आगोमा बायाँ हात, दुबै खुट्टा र अनुहार जलेका बोगटीको उपचारको क्रममा आज बिहान अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।