• कार्तिक २१, सिन्धुली/सिन्धुलीमा जारी सहिद ऋषिराज देवकोटा (आजाद) स्मृति चौथो फुटबल प्रतियोगिता २०८० को आज बाट क्वाटर फाइनलका खेलहरु सुरु भएका छन् । आज क्वाटर फाइनलका दुई वटा खेलहरु भएका छन् ।
    आज विहान भएको पहिलो खेलमा ब्लु अल्पाइन क्लब सिन्धुली र दुधौली तालिम केन्द्र दुधौली सिन्धुली बिच भएको प्रतिष्पर्धामा दुधौली तालिम केन्द्र दुधौली सिन्धुलीले ब्लु अल्पाइन क्लब सिन्धुलीलाई २—० गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको छ ।
    त्यस्तै दोस्रो खेलमा ब्याङखाडी युवा क्लव ब्याङखाडी महोत्तरी र न्यु नव क्षितिज युवा क्लब बसन्तपुर,सिन्धुली बिच प्रतिष्पर्धा भएको थियो । जसमा ब्याङखाडी युवा क्लव ब्याङखाडी महोत्तरीले न्यु नव क्षितिज युवा क्लब बसन्तपुर,सिन्धुली लाई ५—० को फाराकिलो गोल अन्तरले पराजित गदैँ सेसीमफाइनलमा प्रवेश गरेको छ ।
    भोलि (बुधबार)क्वाटर फाइनलका दुई वटा खेलहरु हुने आयोजक इनारपानी युवा क्लब सिन्धुलीका सचिव मोहन मगरले जानकारी दिनुभयो । बुधबार क्वाटर फाइनलको पहिलो खेल दिपशिखा युवा क्लब काठमान्डौँ र न्यु कमलामाई युवा मन्च करकरे सिन्धुली बिच हुनेछ । दोस्रो खेल इनारपानी युवा क्लब(बी) र न्यु डाइमण्ड युवा क्लव लोटहा(धनुषा) बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । कार्तिक २३ गते बाट सेमिफाइनलका खेलहरुहरु हुनेछन् ।
    वडादसैँ, शुभ दिवावली र छठ पर्वलाई मध्यनजर गरेर इनारपानी युवा क्लव कमलामाई नगरपालिका ९ भिमानको आयोजनामा कमलामाई नगरपालिकाका नगर उपप्रमुख मन्जु देबकोटाले कार्तिक १५ गते फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
    कमलामाई नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्यक बर्ष सहिद आजाद स्मृति फुटबल प्रतियोगिता हुने गरेकोमा यो बर्ष इनारपानी युवा क्लवले चाडपर्वलाई लक्षित गरेर प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष घनश्याम चौहानले जानकारी दिनुभयो । कमलामाई नगरपालिकाले प्रतियोगिताको लागि ३ लाख बजेट बिनियोजन गरेको छ ।
    फुटबल प्रतियोगिताको फाइनल खेल कार्तिक २५ गते हुनेछ । यो पटक सहिद ऋषिराज देवकोटा (आजाद)स्मृति चौथो फुटबल प्रतियोगिताको विजेता पुरस्कारको धनराशि जिल्लाकै अहिले सम्मकै बढि घोषणा गरिएको छ । प्रथम विजेतालाई २ लाख ५१ हजार १ सय ११ रुपैयाँ नगद,शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई १ लाख २५ हजार १ सय ११ रुपैयाँ नगद,शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव मोहन मगरले जानकारी दिनुभयो ।
    त्यस्तै उत्कृष्ठ खेलाडिलाई ५ हजार नगद,कप,मेडल र प्रमाणपत्र,सर्वाधिक गोल कर्ता र उत्कृष्ठ गोल रक्षक लाई ३ हजार नगद,कप,मेडल र प्रमाणपत्र र म्यान अफ द म्याचलाई मेडल प्रदान गरिने छ ।
    फुटबल प्रतियोगिता कमलामाई नगरपालिका ९ भिमान स्थित सृजना जनजाग्रिती माविको मैदान भैरहेको छ । प्रतियोगितामा १५ वटा टिम दर्ता भएको थियो ।