भुक्तानी माग गर्दै निर्माण व्यवसायी प्रशासनमा धर्ना
![भुक्तानी माग गर्दै निर्माण व्यवसायी प्रशासनमा धर्ना](https://sindhulikhabar.com/wp-content/uploads/2023/07/358341487_312910694527035_3988687406750181378_n.jpg)
साउन १४, सिन्धुली/निर्माण व्यवसायी संघ सिन्धुलीले आज जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा धर्ना दिएका छन् । निर्माण सम्पन्न भएका योजनाको भुक्तानी माग गर्दै निर्माण व्यवसायीले धर्ना दिएका हुन् ।
विभिन्न निकायमा काम गरेको रकम तुरुन्त भुक्तानी हुनुपर्ने, सम्पुर्ण ठेक्कको एकमुष्ट म्याद थप गनुपर्ने, जनुसुकै अवधिको ठेक्काको मुल्य समायोजन गनुपर्ने माग राखेर धर्नामा बसिएको निर्माण व्यवसायी संघ सिन्धुलीका अध्यक्ष तुलसि श्रेष्ठले बताउनु भयो ।
अव्यवहारिक माइलस्टोन, बिमा निर्देशिका २०७८ र उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर्नुपर्ने, सार्वजनिक खरिद ऐन तथा नियामवली संसोधन गरिनुपर्ने लगायतका माग राखेर आज सिन्धुली सहित देशैभर निर्माण व्यवसायीहरुले धर्ना दिएका छन् ।
लामो समयदेखि विभिन्न निर्माण कम्पनीको निर्माण कार्य गरे बापतको आर्थिक वर्ष समापन हुँदासमेत सम्बन्धित कार्यालयबाट निर्माण कार्यको अर्बौँ रकम भुक्तानी हुन बाँकी रहेकाले उक्त रकम तत्काल भुक्तानी गर्न माग गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
बजेट बेगरका आयोजनाहरू हचुवाका भरमा घोषणा गरी पर्याप्त बजेट नछ्ट्याई राज्यबाट नै निर्माण परियोजना लथालिंग बनाउने काम भईरहेको निर्माण व्यवासयीहरुको गुनासो छ ।