श्रम नगर्ने र श्रमलाई सम्मान नगर्ने ब्यक्ति माओवादी हैन : दाहाल
चैत्र १७, सिन्धुली/श्रम नगर्नि र श्रमलाई सम्मान नगर्ने ब्यक्ति माओवादी हुन नसक्ने प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले बताउनु भयो । आज अखिल नेपाल ट्रेड युनियन महासंघ सिन्धुलीको चौथो जिल्ला सम्मेलनलाई सम्बोभन गर्नुहुँदै दाहालले माओवादीको साइनो श्रमजिवी वर्गको मुक्तिसँग रहेकाले माओवादी श्रम पनि गर्ने र श्रमलाई सम्मान गर्ने हुने बताउनु भएको हो ।
माओवादी पार्टि श्रमजिवी वर्गको पार्टी रहेको बताउनु हुँदै दाहालले समाजवादी क्रान्ति सहर बाट उठान हुने तर्क ब्यक्त गर्नुभयो । सहरका समपुर्ण मजदुरहरुको जारगण अभियान सन्चालन गर्ने सक्नुपर्ने दाहालले बताउनु भयो ।
हिजाको दिनमा सहरका सम्पुर्ण मजदुर अखिल नेपाल ट्रेड युनियन महासंघको चौघेरा भित्र रहन आएपनि मजदुरले गरेको बिश्वासलाई नेतृत्व प्रदान गर्ने प्रक्रियाको कमजोरीका कारण कायम राख्न नसकिएको दाहालको भनाई छ । त्यसको समिक्षा आजको नेतृत्वले गर्न जरुरी रहेको बताउनु भयो ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य बुद्धिमान माझिले सामाजिक सुरक्षा कोष मजदुरहरुको हकहितका लागि स्थापना गरिएको दरिलो कोष रहेको बताउनु भयो । समाजबाटै क्रान्तिको यात्रालाई पुरा गर्नको निम्ति मजदुर सहर केन्द्रित हुनुपर्ने यहाँले बताउनु भयो । सम्पुर्ण उत्पिडित जाति,लिङ्ग,वर्ग र अथक मेहनत गर्ने श्रमजिवीलाई हकअधिकार स्थापित गर्नको निम्ति अखिल नेपाल ट्रेड युनियन महासंघ स्थापना भएको माझिको भनाई छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ बागमती प्रदेशका इन्चार्ज तथा माओवादी केन्द्रका बागमती प्रदेशका सहसचिव प्रकाश श्रेष्ठले अखिल नेपाल ट्रेड युनियन महासंघ माओवादी केन्द्रको शशक्त जनवर्गीय संगठन रहेको बताउनु भयो ।
माओवादी पार्टिले लिएको समाजवादको लक्ष्य नै अखिल नेपाल ट्रेड युनियन महासंघ लक्ष्य रहेको बताउनु हुदै श्रेष्ठले नेपालको पूजि दलाल र कमिशन गर्ने पूजि बन्दै गरेको बताउनु भयो । यस्ता प्रबृद्धिले रोजगार अबधारणा नै नलिएको उहाँले बताउनु भयो ।
बित्तिय सहकारी सँघसँस्थाले २४ प्रतिशत ब्याजको नाउँमा मजदुरहरुको लालपूर्जा हडप्ने गरेको, बिचौलिया, माफिया तन्त्रको बिरुद्धमा अखिल नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय सम्मेलनको आयोजना गर्ने तयारी गरिएको श्रेष्ठले बताउनु भयो ।
त्यस्तै माओवादी केन्द्रका जिल्ला सम्योजक पानीराज बोम्जनले निर्णय मात्रै गर्ने तर कार्यान्वयनमा पछि हट्ने प्रबृद्धिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।