-
चैत्र १७, सिन्धुली/श्रम नगर्नि र श्रमलाई सम्मान नगर्ने ब्यक्ति माओवादी हुन नसक्ने प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले बताउनु भयो । आज अखिल नेपाल ट्रेड युनियन महासंघ सिन्धुलीको चौथो जिल्ला सम्मेलनलाई सम्बोभन गर्नुहुँदै दाहालले माओवादीको साइनो श्रमजिवी वर्गको मुक्तिसँग रहेकाले माओवादी श्रम पनि गर्ने र श्रमलाई सम्मान गर्ने हुने बताउनु भएको हो ।
माओवादी पार्टि श्रमजिवी वर्गको पार्टी रहेको बताउनु हुँदै दाहालले समाजवादी क्रान्ति सहर बाट उठान हुने तर्क ब्यक्त गर्नुभयो । सहरका समपुर्ण मजदुरहरुको जारगण अभियान सन्चालन गर्ने सक्नुपर्ने दाहालले बताउनु भयो ।
हिजाको दिनमा सहरका सम्पुर्ण मजदुर अखिल नेपाल ट्रेड युनियन महासंघको चौघेरा भित्र रहन आएपनि मजदुरले गरेको बिश्वासलाई नेतृत्व प्रदान गर्ने प्रक्रियाको कमजोरीका कारण कायम राख्न नसकिएको दाहालको भनाई छ । त्यसको समिक्षा आजको नेतृत्वले गर्न जरुरी रहेको बताउनु भयो ।माओवादी केन्द्रका केन्द्रिय सदस्य बुद्धिमान माझिले सामाजिक सुरक्षा कोष मजदुरहरुको हकहितका लागि स्थापना गरिएको दरिलो कोष रहेको बताउनु भयो । समाजबाटै क्रान्तिको यात्रालाई पुरा गर्नको निम्ति मजदुर सहर केन्द्रित हुनुपर्ने यहाँले बताउनु भयो । सम्पुर्ण उत्पिडित जाति,लिङ्ग,वर्ग र अथक मेहनत गर्ने श्रमजिवीलाई हकअधिकार स्थापित गर्नको निम्ति अखिल नेपाल ट्रेड युनियन महासंघ स्थापना भएको माझिको भनाई छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ बागमती प्रदेशका इन्चार्ज तथा माओवादी केन्द्रका बागमती प्रदेशका सहसचिव प्रकाश श्रेष्ठले अखिल नेपाल ट्रेड युनियन महासंघ माओवादी केन्द्रको शशक्त जनवर्गीय संगठन रहेको बताउनु भयो ।
माओवादी पार्टिले लिएको समाजवादको लक्ष्य नै अखिल नेपाल ट्रेड युनियन महासंघ लक्ष्य रहेको बताउनु हुदै श्रेष्ठले नेपालको पूजि दलाल र कमिशन गर्ने पूजि बन्दै गरेको बताउनु भयो । यस्ता प्रबृद्धिले रोजगार अबधारणा नै नलिएको उहाँले बताउनु भयो ।बित्तिय सहकारी सँघसँस्थाले २४ प्रतिशत ब्याजको नाउँमा मजदुरहरुको लालपूर्जा हडप्ने गरेको, बिचौलिया, माफिया तन्त्रको बिरुद्धमा अखिल नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय सम्मेलनको आयोजना गर्ने तयारी गरिएको श्रेष्ठले बताउनु भयो ।
News Desk 0 response शुक्रबार, चैत्र १७, २०७९
त्यस्तै माओवादी केन्द्रका जिल्ला सम्योजक पानीराज बोम्जनले निर्णय मात्रै गर्ने तर कार्यान्वयनमा पछि हट्ने प्रबृद्धिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२