मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु, एकजना गम्भिर घाइते

चैत्र १०, सिन्धुली/मदन भण्डारी राजमार्ग अन्र्तगत हरिहरपुरगढि गाउँपालिका ५ भलखँडामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाइते भएको छ ।
दुर्घटनामा परि मकवानपुर जिल्ला हेटौडा नगरपालिका ४ स्थायी बसोबास भई मरिण गाउँपालिका वडा नम्बर ६ छापमा बस्ने १७ बर्षिय प्रनिश चौलागाईको मृत्यु भएको जनाइएको छ । गम्भिर घाइते भएका चौलागाईको मरिण गाउँपालिका स्थित कपिलाकोट स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ ।

मरिण बाट हेटौटा तर्फ जाँदै गरेको प्रदेश २—०१३प३४४६ नम्बरको मोटरसाइकल र हेटौडा बाट सिन्धुली तर्फ आँउदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किदा हेटौडा बाट सिन्धुली तर्फ आँउदै गरेको मोटरसाइकल जलेको जनाइएको छ ।
मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते सलाईही वरथवा नगरपालिका हजरियाका रोहन राईलाई उपचारको लागि सिन्धुली ल्याइदै गरिएको स्थानीय शाेभा स्याङतानले जानकारी दिनुभयाे । थप बिबरण भने आउन बाँकि रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *