जिल्ला स्तरीय खेलाडि छनोट प्रतियोगिता २२ गते बाट सिन्धुलीमाढीमा सन्चालन हुने

चैत्र ८, सिन्धुली/दोस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको लागि जिल्ला स्तरीय खेलाडि छनोट प्रतियोगिता सन्चालन गरिने भएको छ । सिन्धुुली जिल्ला खेलकुद बिकास समितीको आयोजनामा चैत्र २२ गते बाट जिल्ला स्तरीय खेलाडि छनोट प्रतियोगिता सिन्धुलीमाढीमा सन्चालन हुने भएको हो ।
बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुनको लागि जिल्ला स्तरीय खेलाडि छनोट प्रतियोगिता सन्चालन हुने भएकाले जिल्ला भरीका खेलाडिहरुलाई चैत्र १९ गते भित्र प्रदेश खेलकुद परिषद बाट दिइएको निर्धारित कोटा अनुसारको खेलाडिहरुले फारम दर्ता गर्न सिन्धुुली जिल्ला खेलकुद बिकासका अध्यक्ष बिशाल थिङले आग्रह गर्नुभएको छ ।
खेलाडिहरुले फारम दर्ताको लागि सम्बन्धित जिल्लाको स्थानिय तहमा स्थायी बसोबास भएको नागरिकताको प्रतिलिपि,पासपोर्ट साइजको रंगिन फोटो २ प्रति, बाहिरी जिल्लाबाट अस्थायी बसोबास गरि नियमित रुपमा प्रशिक्षण तथा प्रतियोगितामा सहभागिता जनाउँदै आएको भए अस्थायी बसोबास गरेको स्थानियको सिफारिस चाहिने सिन्धुुली जिल्ला खेलकुद बिकास समितीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
जिल्ला स्तरीय खेलाडि छनोट प्रतियोगितामा भलिबल (महिला, पुरुष दुबै), फुटबल, एथ्लेटिक्स (महिला, पुरुष दुबै), कराँते (महिला, पुरुष दुबै), तेक्वान्दो (महिला, पुरुष दुबै), ब्याटमिन्टन (महिला, पुरुष दुबै), उस्सु(महिला, पुरुष दुबै), बक्सिङ (महिला, पुरुष दुबै) गरी आठ वटा खेल खेलाइने अध्यक्ष थिङले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-content']