सिन्धुलीको १० वटा क्याम्पसमा सर्बसम्मत स्ववियु गठन
फागुन २९, सिन्धुली/सिन्धुलीमा स्ववियु निर्वाचन नै नहुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) १० वटै त्रिवीबाट सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध कमिटी चयन भएपछि निर्वाचन नै नहुने भएको हो ।
बिशेष गरी सिन्धुलीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले निकट विद्यार्थी संगठनहरु रहेका छन् । ३ वटै संगठनले १० वटा क्याम्पसमा निर्वाचन प्रक्रियामा नगई सर्बसम्मत रुपमा कमिटी चयन गरिएको अखिल (क्रान्तिकारी) सिन्धुलीका इन्चार्ज भानुभक्त श्रेष्ठले जानकारी दिनुभयो ।
सिन्धुली बहुमुखि क्याम्पसमा नेपाल विद्यार्थी संघका कृष्ण लामिछानेको नेतृत्वमा कमिटी चयन गरिएको छ । उपाध्यक्षमा अनेरास्ववियुका लाकेन्द्र बोगटी, सचिवमा अखिल (क्रान्तिकारी)का विनोद कुमार कार्की, सह–सचिवमा नेपाल विद्यार्थी संघका मनिता देबकोटा, कोषाध्यक्षमा अनेरास्ववियुका तुलसीराम भुजेल सहित १५ जनाको कार्यसमिती सर्बसम्मत चयन भएको हो ।
गौमति बहुमुखी क्याम्पस सिन्धुलीमा अनेरास्ववियुका प्रज्वल तिमल्सिनाको अध्यक्षतामा कमिटी चयन भएको छ । सचिवमा नेपाल विद्यार्थी संघका ओम कुमार राना मगर, कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) का प्रेरणा कुमारी थोकर सहित १५ जनाको कार्य समिती चयन भएको छ भने अन्य पदको बाँडफाँड पहिलाे बैठकबाट टुङ्गो लगाउने जनाइएको छ ।
सिद्धज्योति शिक्षा क्याम्पस सिन्धुलीको अध्यक्षमा अखिल (क्रान्तिकारी) का गोबिन्द पहाडी, सचिवमा अनेरास्ववियुका दिब्या फूयाँल, कोषाध्यक्षमा नेवि संघका गिता कुमारी भुजेल सहित १५ जनाको कमिटी चयन भएको अखिल (क्रान्तिकारी) का इन्चार्ज श्रेष्ठले जानकारी दिनुभयो ।
मरिण बहुमुखी क्याम्पस छाप महेश्वताको अध्यक्षमा अखिल (क्रान्तिकारी) का बिज्ञान दोर्जे बलको नेतृत्वमा कमिटी गठन भएको छ । उपाध्यक्षमा अनेरास्ववियुका सरिता थिङ, सचिवमा नेपाल विद्यार्थी संघका फुलमाया तामाङ, सहसचिवमा अखिल क्रान्तिकारीका ओमकार गिरी, कोषाध्यक्षमा अनेरास्ववियुका अनिशा माझि लगायत ११ सदस्यीय कमिटी गठन भएको छ ।
सुनकोशी क्याम्पस सुनकोशीको अध्यक्षमा अखिल (क्रान्तिकारी)का बिनिता न्यौपाने, उपाध्यक्षमा अनेरास्ववियुका सुजना खड्का, सचिवमा नेपाल विद्यार्थी संघका पृथ्वी बिक्रम थापा, सहसचिवमा अखिल (क्रान्तिकारी)का अन्जना कालिकोटे, कोषाध्यक्षमा अनेरास्ववियुका एलिना श्रेष्ठ लगायत ११ सदस्यीय कमिटी गठन भएको जनाइएको छ ।
त्यस्तै सरस्वती क्याम्पस डकाहाको अध्यक्षमा अनेरास्ववियुका देबराज गौतम, सचिवमा अखिल (क्रान्तिकारी)का रमना सापकोटा, कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका बिनिता बिक लगायत १५ सदस्यीय कमिटी गठन भएको छ भने अन्य पद पहिलो बैठकले टुङ्गो लगाउने जनाइएको छ ।
भीमज्योति क्याम्पस खुर्कोटको अध्यक्षमा अनरास्ववियुका लक्ष्मी श्रेष्ठ, सचिवमा अखिल (क्रान्तिकारी)का युबराज मोक्तान, कोषाध्यक्षमा नेवि संघका मिना श्रेष्ठ सहित ११ जनाको कमिटी सर्बसम्मत चयन भएको छ ।
त्रिपुरेश्वर शिक्षा क्याम्पस तीनपाटनको अध्यक्षमा नेवि संघका भक्त बहादुर तामाङ, उपाध्यक्षमा अनेरास्ववियु्का सीता घिमिरे, सचिवमा अखिल (क्रान्तिकारी)का नेत्र बहादुर समाल, सहसचिवमा नेवि संघका भुवन गुर्माछान, कोषाध्यक्षमा अनेरास्ववियुका वीरता राना सहित ११ जनाको कमिटी चयन भएको छ ।
लाम्पानटार बहुमुखि क्याम्पस तिनपाटनको अध्यक्षमा नेवि संघका रामप्रसाद गौतम, उपाध्यक्षमा अखिल (क्रान्तिकारी)का खिल बहादुर थापा मगर, सचिवमा अनेरास्वविययुका हिरा कुमारी न्यौपाने, सहसचिवमा नेवि संघका यसोदा खत्री, कोषाध्यक्षमा अखिल (क्रान्तिकारी)का बिनिता ढकाल सहित १५ जनाको कमिटी चयन भएको जनाइएको छ ।
तिनपाटन बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका प्रेम बहादुर पुलामी, उपाध्यक्षमा अखिल (क्रान्तिकारी)का संगम मानन्धर, सचिवमा नेवि संघका मुना मल्ल ठकुरी, सहसचिवमा अनेरास्ववियुका ईशा दाहाल, कोषाध्यक्षमा अखिल (क्रान्तिकारी)का प्रतिक्षा काफ्ले सहित ११ जनाको कमिटी गठन भएको इन्चार्ज श्रेष्ठले जानकारी दिनुभयो ।