• फागुन १६, सिन्धुली/सिन्धुली जिल्ला स्तरीय अन्तर विद्यालय प्याब्सन खेलकुद प्रतियोगिता आज समापन भएको छ । १३ गतेबाट सुरु भएको खेलको सिनियर एथ्लेटिक्स तर्फको उपाधि जनता आवासिय अङ्ग्रेजी माध्यमिक बिद्यालयले पाएको छ ।
    प्रतियोगिताको सिनियर तर्फको उपाधि १ सय ६ अंक सहित जनता आवासिय अङ्ग्रेजी माध्यमिक बिद्यालयले उपाधि जितेको हो । त्यस्तै सिनियर तर्फकै सिन्धु शुभप्रभात एकेडेमिले ८४ अंक प्राप्त गरेर द्धितिय स्थान हासिल गरेको छ भने कमला एकेडेमि स्कुललले ६४ अंक प्राप्त गरेर तृतिय भएको छ ।

    जुनियर एथ्लेटिक्स तर्फ ५४ अंक सहित सिन्धुली एकेडेमि प्रथम,४९ अंक सहित कमलाखोज शिक्षा सदन दोस्रो र ४२ अंक सहित साइनिङमुन एकेडेमि तेस्रो भएको प्याब्सन सिन्धुलीका सचिव भानु गरुङले जानकारी दिनुभयो ।
    छात्रा भलिबल प्रतियोगिता तर्फ स्वीस सिन्धुली इङ्लीस बोर्डिङ स्कुल प्रथम, न्यु सिद्धस्थली इङ्लीस बोर्डिङ स्कुल द्धितिय र आधुनिक बोर्डिङ स्कुल तृतिय भएको छ ।
    त्यस्तै छात्र भलिबल तर्फ वीस सिन्धुली इङ्लीस बोर्डिङ स्कुल प्रथम, न्यु सिद्धस्थली इङ्लीस बोर्डिङ स्कुल द्धितिय र सिद्धस्थली इङ्लीस बार्डिङ स्कुल तृतिय भएको आयोजकले जानकरी दिएको छ । प्याब्सनका केन्द्रिय अध्यक्ष डिके ढङ्गनाले बिजेताहरुलाई शिल्ड,मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको छ ।
    सिन्धुली जिल्ला स्तरीय अन्तर विद्यालय प्याब्सन खेलकुद प्रतियोगिताको समापन भएको छ । प्याब्सनका जिल्ला अध्यक्ष मनोज प्रधानको अध्यक्षता तथा प्याब्सनका केन्द्रिय अध्यक्ष डिके प्रमुख आतिथ्यतामा जिल्ला स्तरीय अन्तर विद्यालय प्याब्सन खेलकुद प्रतियोगिताको समापन भएको हो ।