• असोज १०, सिन्धुली/बैंकाइन्स्योरेन्स क्लब सिन्धुलीको आयोजनामा बैंकका कर्मचारी र इन्स्योरेन्स कम्पनिका कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता सिन्धुलीमाडीमा सम्पन्न भएको छ । बडा दशैं, शुभ–दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान एवं मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

    प्रतियोगितामा ३–१ गोल अन्तरले बैंकका कर्मचारीहरुले खेल जितेका छन् । मैत्रीपूर्ण फुटबल प्रतियोगिता ब्ल्यू अलपाईन क्लब सिन्धुलीको प्राविधिक सहयोगमा भएको हो । त्यस्तै सूर्य लाईफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रतियोगितामा आर्थिक सहयोग गरेका थिए ।
    आपसी मित्रतालाई कायम राख्दै सौहार्द्रता बढाउने र चाडपर्वका अवसरमा शुभकामना पनि आदान प्रदान गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । यस्ता मैत्रीपूर्ण प्रतियोगिताहरु समय समयमा आयोजना गरिनुपर्ने खेलप्रेमीहरुले बताउँदै आएका छन् ।