-
साउन ३०, सिन्धुली/सेन्चुरी कमर्सियल बैंक लिमिटेड कमलामाई शाखाले स्वास्थ्य बीमा बापतको दाबी भुक्तानी गरेको छ । बैंकको शताब्दी बचत खातावाल गिरिजादेवी जैसवालललाई स्वास्थ्य उपचारमा भएको खर्चको बील अनुसारको बीमा दावी भुक्तानी गरिएको हो ।
बैंकको शताब्दी बचत खातामा ७ लाख रुपैयाँसम्मको निःशुल्क बीमा सुविधा रहेको छ । जस अन्तर्गत कमलामाई नगरपालिका वडा नं.५ निवासी जैसवालले स्वास्थ्य बीमा बापतको रु.७ हजार आठ रुपैयाँ दावी भुक्तानी पाउनुभएको हो । बिना कुनै झन्झट, बील पेश गर्ने वित्तिकै उपचार खर्च बराबरको रकम तुरुन्तै उपलव्ध हुने सेन्चुरी कमर्सियल बैंकको यो सुविधा निकै राम्रो लागेको जैसवालले बताउनुभयो । सेन्चुरी बैंकको शताब्दी बचत खातामा रु.१ लाख सम्मको निःशुल्क स्वास्थ्य बीमा सुविधा, रु.१ लाख सम्मको विभिन्न १८ वटा घातक रोगहरु विरुद्धको बीमा र रु.५ लाख सम्मको निःशुल्क दुर्घटना बीमाको व्यवस्था रहेको बैंकका कमलामाई शाखा प्रवन्धक हेमहरि श्रेष्ठले जानकारी दिनुभयो । यस खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च व्याजदरका साथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन् ।
यसका साथै बैंकमा निःशुल्क मोबाइल बैंकिङ्, इन्टरनेट बैंकिङ्, भिषा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयरको निःशुल्क सुविधा रहेको शाखा प्रवन्धक श्रेष्ठले बताउनुभयो । सेन्चुरी कमर्सियल बैंकमा रहेको शताब्दी बचत खाता निकै प्रभावकारी रहेको बताउँदै बीमीत गिरिजादेवी जैसवालले घातक रोगबाट पिडित र औषधि सेवन गरिरहनेहरुले समयमै यो खाता खोलेर लाभ लिनुहुन अनुरोध गर्नुभएको छ । बैंकका शाखा प्रवन्धक हेमहरि श्रेष्ठले सेन्चुरी बैंकमा रहेको शताब्दी बचत खाता घातक रोगबाट पिडितलाई मात्र नभएर सबैका लागि एउटा प्रभावकारी सेवा भएको स्पष्ट पार्नुभयो ।
News Desk 0 response सोमवार, साउन ३०, २०७९

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२