• सिन्धुली/नेकपा(विप्लव) समूहका गाउँ कमिटि सदस्य खमभिर खड्का (भरत) ले पार्टी परित्याग गर्नु भएको छ । शुक्रवार प्रमुख जिल्ला अधिकारी याेगेन्द्र प्रसाद पाण्डे समक्ष आत्मसमर्पण गर्दै नेपाल सरकारद्वारा प्रतिवन्दित नेकपा (विप्लव) समूह परित्या गर्नु भएको हो ।
    प्रदेश सभा सदस्य तथा नेकपा जिल्ला अध्यक्ष लेखनाथ दाहाल (राजन), जिल्ला समन्वय समिति सिन्धुलीका उप प्रमुख संझना अधिकारी दुनुवार, एसपी रञ्जु सिक्देलकाे उपस्थितिमा खड्काले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा विप्लव समूह परित्याग गरेको घोषणा गर्नु भयो ।
    दुधौली नगरपालिका वडा नं. १३ निवासी खड्काले प्रेश विज्ञप्ती जारी गर्दै विगतका दिनहरुमा नेकपा (विप्लव) समूहमा आवद्ध रही गाउँ कमिटीको काम कार्यमा सक्रिय रुपमा संलग्न रहेदै आएकोमा आजको मितिबाट नेपाल सरकाद्वारा प्रतिवन्धित नेकपा (विप्लव) समूहसँग आज पूर्व भएको सबै सम्बन्ध टुटाई विना कसैको करकाप स्वेचपूर्वक नेपालको संविधान र प्रचलित कानुनको पूर्ण पालना गर्ने प्रतिवद्धता सहित पार्टी परित्याग गरेको घोषणा गर्नु भयो ।