कांग्रेस क्षेत्र नं. १ मा १२ जना निर्विरोध, अन्य पदमा निर्वाचन हुँदै

सिन्धुली/नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिमा १२ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

सदस्य पदमा सहमति जुटेसँगै क्षेत्रीय सभापति, सचिव र सहसचिवलगायत अन्य पदमा भने निर्वाचन भइरहेको छ ।खुला सदस्यतर्फ इन्द्रबहादुर कार्की, सुकदेव अधिकारी, ताराबहादुर सुनुवार, चेतप्रसाद भट्टराई र कमलप्रसाद दाहाल निर्विरोध निर्वाचित भएका छन् । युवा सदस्यमा सुदर्शन बस्नेत पनि निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै दलित सदस्यमा मिनबहादुर वि.क., आदिवासी-जनजाति सदस्यमा राजबहादुर श्रेष्ठ र जीतलाल अधिकारी, आदिवासी-जनजाति महिला सदस्यमा पुनम अधिकारी तथा खस-आर्य महिला सदस्यमा कल्पना खतिवडा निर्विरोध निर्वाचित भएका छन् । युवा महिला सदस्यतर्फ उमा कुमारी भट्टराई (सुहाना) पनि सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यस्तै क्षेत्रीय सभापति पदका लागि चन्द्रदीप कोइराला, बलराम कार्की र सुजनबहादुर थापा मगरबीच प्रतिस्पर्धा भइरहेको छ । त्यस्तै सचिव पदमा खुपेन्द्र राजभण्डारी, दौलत कार्की र पूर्णराज गिरी तथा सहसचिव पदमा अविनाश अधिकारी र यन्त्रराज अधिकारी उम्मेदवार रहेका छन् ।

सदस्य पदमा निर्विरोध चयन भएका प्रतिनिधिहरूले पार्टीभित्र सहमति र एकताको सन्देश दिएका छन् भने बाँकी पदमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा भइरहेकाले मतदानमार्फत नेतृत्व चयन गरिँदैछ ।

महाधिवेशनअन्तर्गत क्षेत्रीय नेतृत्व चयनका क्रममा सहमति भएका पदमा निर्विरोध निर्वाचन र प्रतिस्पर्धा भएका पदमा मतदानको प्रक्रियाबाट नयाँ कार्यसमिति चयन भइरहेको छ ।

यसैबीच भरत बिक नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको छ। युवा तथा दलित समुदायको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिका रूपमा चयन हुनुभएकोमा उहाँलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *