• सिन्धुली, १६ जेष्ठ। नेपाल सरकारले आर्थिक वर्ष २०७७/०७८ मा सिन्धुलीका ९ स्थानीय तहका लागि ३ अर्ब २७ करोड ३७ लाख रुपैयाँ विनियोजन गरेको छ ।
    सिन्धुलीको कमलामाई नगरपालिकालाई सबै भन्दा वढी ६४ करोड ३४ लाख विनियोजन भएको छ । त्यस्तै दुधौली नगरपालिकालाई ५४ करोड पाँच लाख, तीनपाटन गाउँपालिकालाई ४४ करोड २० लाख, सुनकोशी गाउँपालिकालाई ३२ करोड ९२ लाख, गोलञ्जोर गाउँपालिका २८ करोड ६२ लाख, मरिण गाउँपालिकालाई २८ करोड २६ लाख, फिक्कल गाउँपालिकालाई २७ करोड ९५ लाख, हरिहरपुरगढी गाउँपालिकालाई २७ करोड ८६ लाख र घ्याङलेख गाउँपालिकालाई १९ करोड १७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
    मरिण सुनकोसी डाइभर्सनलाई २ अर्ब ४६ करोड बजेट विनियोजन भएको छ भने बीपी राजमार्गको स्तरोन्नति, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग, र उत्तर दक्षिण राजमार्ग पनि बजेटको प्राथमिकतामा छन् ।