• बन्दाबन्दी (लकडाउन¬) सुरु भएको नेपालमा दुई महिना भन्दा बढि भैसकेको छ । अन्य क्षेत्रमा जस्तै बित्तिय क्षेत्रमा पनि यसकोे असर नराम्रोसंग परिरहेकोे छ । सहकारी, बैंक, लघुबित्त तथा मनि ट्रान्सफर लगायत अन्य बित्तिय संस्थाहरुले प्रवाह गर्दैआइरहेको बित्तिय सेवा पनि बन्दाबन्दीको मारमा परेको छ । देशका कतिपय बित्तिय संस्थाहरुले सवै सेवा ठप्प पारेर कार्यालय नै बन्द गरेर बसेका छन् । कोरोना भाइरस संक्रमित क्षेत्रमा यसो गर्नु आवस्यक पनि हो ।
    सिन्धुलीमा सन्चालित अधिकांस बित्तिय संस्थाहरु लकडाउनका समयमा ठप्प जस्तै भए । लकडाउन सुरु भएको केहि दिनसम्म अधिकांस बित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द भए भने केहि दिनपछि आंशिक रुपमा सेवा दिन थाले । बैंकहरुले हप्तामा १ देखि ३ दिनसम्म विहान १० बजे देखि १ बजेसम्म सेवा प्रवाह गर्न सुरु गरे जुन अहिले पनि निरन्तर छ । त्यस्तै केहि लघुबित्तहरुले सेवाग्राहीको अवस्थालाई बुझेर सहजता अनुसार काम गर्न आग्रह गरे भने केहिले सेवा प्रवाहका नाममा किस्ता तिर्न समेत ताकेता गरे । सर्वत्र गुनासो आएपछि लघुबित्तहरुले पनि किस्ता र व्याज ताकेता गर्न बन्द गरे ।
    तर यहाँका सहकारीहरुले भने निरन्तर सेवा प्रदान गरिरहेका छन् । लकडाउन सुरु भएको केहि दिन सेवा प्रवाह रोकेता पनि तुरुन्तै उनिहरुले सेवा प्रवाह गर्न सुरु गरे । केहि सहकारीहरु बाहेक यहाँ सन्चालित अधिकांस सहकारीहरुले अलिहे पनि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा प्रवाह गरिरहेका छन् । उनिहरुले कुन सहकारीले हप्तामा कति दिन र कति बजेसम्म सेवा प्रवाह गर्छ, के के सेवा दिन्छ भन्नेबारे कार्यालयमा सूचना टाँस गरेका छन् । साथै कुनै सहकारीले स्थानिय रेडियोमा सूचना प्रसारण गरेका छन् भने कुनैले सामाजिक सन्जाल मार्फत पनि आफ्ना सेवाबारे जानकारी गराएका छन् ।
    सहकारीहरुले कर्जा प्रवाह र दैनिक नगद संकलन भन्दा बाहेक अन्य सेवा सुचारु गरिरहेका छन् । त्यसो त सेवाग्राहीले महामारीका समयमा पनि जोखिम मोलेर सेवा प्रवाह गर्ने सहकारीका कर्मचारीहरुको प्रशंसा गरिरहेका छन् । केहि भन्दा बाहेक सवै सहकारीहरुले आफ्ना कर्मचारीहरुको कोरोना बिमा समेत गरिदिएको छ । ठूलो पूँजी, धेरै लगानी र धेरै सेवाग्राही छन् भनेर डुक्रिने बैंकहरु भन्दा अहिले सहकारीहरु सेवाप्रवाहमा अग्रस्थानमा देखिन्छन् । सामाजिक दुरी कायम गर्दै स्वास्थ्यप्रति चनाखो हुँदै धर्यतापूर्वक सेवा प्रवाहमा लागेका सहकारीकर्मीहरुप्रति हार्दिक नमन ।