-
मनभरि रहर अनि भरोसा कुम्लो पारेर घर छोडेको थिएँ
तर आमा, यसपाली तिम्रो पाउ छुन
यो शीरले पाउँदैन होला
यसपाली फूलपातीलाइ छिर्के भाले नसाँच्नु
अष्टमीलाइ कालो बोको भाकल नगर्नु
यसपाली महिसासुरले जित्ला जस्तो छ
त्यसैले, फलामे खुकुरीमा धार नलगाउनु
जमरा नराख्नु, दुर्गा नथाप्नु ।ए काले कौवा, मेरी दिदिलाई भनिदे–
तिम्रो भाइ जीवनदेखि डराइरहेको छ
मृत्युसंग लुकामारी खेलीरहेको छ
दिदी, यसपाली यमराजले जित्ला जस्तो छ
त्यसैले यो वर्ष दिपावली नमनाउनु
सयपत्री नउन्नु, मखमली नसजाउनु
बेखुसीमा दुना टपरीको मेलो नगर्नु
मेरी दिदी ! यसपालीलाई माफ गर है ।ए जोडी परेवा हो,
मेरी प्रेयसीलाई भनिदे
यो वर्ष तिमी पनि अनिदो नै बस भनेर
तिमी जस्तै तड्पिएर रात काटेको छ भनेर
यसपाली सिउँदो भर्छु भनेको थिएँ
जग्य घुमाउँछु भनेको थिएँ
माफ गर प्रेयसी, म असमर्थ भएँ ।बाबा ! वर्षे झरीमा
छानो चुहिने भयो होला
चुल्हो निथ्रुक्कै भिज्यो होला
आकास देखिने भयो होला
यसपाली छानो टाल्न पाउँदिन क्यारे
तिम्रो चाउरी परेका निधारले
वर्षे झरी थाम्दैन बा– म विवश छु
यो वर्ष जेनतेन जोगाउनुहोला
चुल्हो अन्तै सार्नु होला
आकास देखिरहोस्
अगेनो भिजिरहोस्
छानो चुहिरहोस्
धरर…..धर…..धररर..।- ध्रुवचन्द्र खड्का, सिन्धुली
सम्बन्धित शीर्षकहरु
आमा तिमी कहिल्यै नरिसाउनु
शुक्रबार, चैत्र ३०, २०८०गजल
आइतवार, फाल्गुन २७, २०८०सिन्धुलीका गायक बज्यूको ‘दिङ्गिला ल्होछार’ गीत सार्बजनिक
बिहिबार, माघ १८, २०८०-
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१
-
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१
-
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१