-
राजनीतिमा सत्ता मोह स्वभाविक मानिन्छ । पद र सत्ता भन्दा बाहेकको राजनीति अपवाद मात्र हो । केही अपवादका पात्र भन्दा बाहेक धेरै झुठ र थोरै सत्य बोल्दै आस्वासनको चुलीसामु जनतालाई मुकदर्शक बनाउनु नेताहरुको पहिलो कर्मभित्र पर्छ भन्दा फरक नपर्ला । त्यसो त यो उनिहरुको गुण पनि हो । अहिले यीनै गुणहरुको ओभर डोज भएको छ–नेकपाका नेता र कार्यकर्ताहरुमा । नेकपाको राजनीति भित्र पनि अर्काे फोहोरी राजनीति छताछुल्ल भइरहेको छ ‘गुट, उपगुट र कित्ताकाटको राजनीति ।’ त्यो पनि सदन देखि सडक सम्मै ।
News Desk 0 response मङ्लबार, साउन ६, २०७७
केही दिनदेखि नेकपाका नेता तथा कार्यकर्ताहरु आपसमा पौंठाजोरी खेल्दै सदन देखि सडक सम्मै आइपुगेका छन् । सत्ता पक्ष र विपक्षी दलहरुबीचको कटाक्ष सदन र सडकमा हुँदा जनताले सामान्य रुपमा लिन्थे । किनकी यो राजनीतिमा हुन्छ नै । सरकारका काम कारबाहीहरुमा राम्रोको समर्थन संगै आलोचनात्मक सुझाव र विरोध गर्नु प्रतिपक्षको धर्म पनि हो । तर नेपाली राजनीतिमा अहिले यसको ठिक विपरीत भैरहेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रसले राम्रोसंग प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको टिकाटिप्पणीहरु आइरहेको यथार्थ हो । नेकपाको झन्डै दुई तिहाईको सरकार भैरहेका बेला नेकपाभित्रकै नेता तथा कार्यकर्ताहरु प्रतिपक्षको भूमिका निभाइरहेका छन् । उनिहरुको यो भूमिकाको परिणाम उनिहरुले सायदै सोचेका होलान् कि निकट भविष्यमै यसले सिंगाो नेकपालाई नै निभाउन सक्छ भनेर ।
नेकपाका दुई अध्यक्षहरु मध्ये अध्यक्ष केपी ओलीले प्रधानमन्त्री भएर सरकारको नेतृत्व संगै पार्टी अध्यक्ष समेत चलाइरहेका छन् । अर्का अध्यक्ष प्रचण्ड आफू अध्यक्ष भएपनि कुनै काम गर्न नपाएको र पार्टीमा आफूले कुनै भूमिका निभाउन नपाएको बताइरहेका छन् । प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र सरकार दुवैको नेतृत्व एक्लैले ओगटेर पार्टीको नीति विपरित एकलौटी राज्य सन्चालन गरिरहेको अध्यक्ष प्रचण्डपक्षधरका नेता तथा कार्यकर्ताहरुको बुझाई छ । प्रधानमन्त्री केपी ओलीका काम कारवाहीहरु र पछिल्ला केही विवादास्पद अभिव्यक्तिहरुका कारण सरकारप्रति जनताको दृष्टिकोण नकारात्मतर्फ गइरहेको भन्दै प्रधानमन्त्रीलाई संयमित भएर आफ्ना काम कारबाही गर्न गराउन र सोचेर मात्र अभिव्यक्तिहरु राख्न नेकपाकै नेता तथा कार्यकर्ताहरुले सुझाव दिइरहेका छन् ।
प्रधानमन्त्रीले कि पार्टीको सल्लाह सुझावलाई मानेर राज्य सन्चालन गर्नुपर्छ, कि पार्टी अध्यक्ष र प्रधानमन्त्री दुईमध्ये एक पद त्याग्नुपर्छ भन्ने विषयमा छलफल तथा बहसहरु भइरहँदा नेता तथा कार्यकर्ताहरुबीचमा भने गुट र कित्ताकाट सहितका असन्तुष्टिहरु सडकमा छताछुल्ल भैरहेका छन् । पार्टीभित्रको विवाद आन्तरिक रुपमै समाधान गर्नुपर्छ भनेर व्यक्तिगत तथा सामूहिक छलफल शिर्षनेताहरुबीचमा चलिरहँदा खान पल्केका र खाइ पल्केका कटौरे कार्यकर्ताहरु ओली पक्ष र प्रचण्ड पक्ष भन्दै सडकमा नाराबाजी गरिरहेका छन् । करिब दुई तिहाइको सरकार नेकपाले नै सन्चालन गरिरहेका बेला सरकारकै पक्षमा भन्दै बहानाबाजिमा सडकमा कार्यकर्ता कुर्लिने अवस्थाको सिर्जना गराउने नेतृत्वप्रति मतदाता तथा कार्यकर्ताहरुले ‘कठै’बाहेक अरु भन्न सक्दैनन् ।
प्रधानमन्त्रीको प्रवृत्ति ‘राज्य नै म हुँ, म नै राज्य हुँ’ भन्ने शैलीमा देखिएकोले सच्चिएर पार्टीको नीति र निर्णय अनुसार काम गर्न सुझाव स्वरुप सडकमा आएको एक पक्षले भनिरहेको छ भने अर्काे पक्ष भनिरहेको छ ‘अहिले सरकार र पार्टी दुवै केपी ओलीले नै सन्चालन गर्नुपर्छ, ओलीको विकल्प छैन । पाँच वर्ष ओलीले नै शासन गर्नुपर्छ ।’ एक आपसमा दोषारोपण गर्दै सिंगो पार्टीको धज्जी उडाइरहेका नेता तथा कार्यकर्ताहरुको सडकमा देखिएको पौंठाजोरीलाई मौन समर्थन गरिरहने नेतृत्वले यसको परिणामको बारेमा बेलैमा सोच्नुपर्छ । सरकार र एउटा नेतृत्वको समर्थन गर्ने नाउँमा स्वतन्त्र समूहको हवाला दिँदै घरभित्रको विवादले सडक जाम गर्दैमा गुटलाई ‘स्वतन्त्र समूह’ भनेर जनताले विश्वास गर्छन् भन्नु दिवास्वप्न मात्र हुनसक्ला । तसर्थ नेपाल कम्युनिष्ट पार्टीले बेलैमा छलफल र बहसको माध्यमबाट आन्तरिक विवाद समाधान गर्नु मै सिंगो पार्टी तथा कार्यकर्ताको हितमा देखिन्छ । कसैले कसैको पक्ष विपक्षमा सडक फोहोर गर्दैमा समस्याको समाधान सम्भव नहोला ।
सम्बन्धित शीर्षकहरु
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना, उपाध्यक्ष घलान सहित तीन जना घाईते
शुक्रबार, बैशाख २१, २०८१बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक योजना तर्जुमा गोष्ठी हरिहरपुरगढीमा सन्चालन
शुक्रबार, बैशाख २१, २०८१पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१-
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१
-
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१
-
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१