-
सिन्धुली, १४ जेष्ठ । सिन्धुलीमा कृषि उत्पादनको लागि आवश्यक रासायनिक मल अभाव हुने गरेको छ । सिन्धुलीमा रहेको कृषि योग्य जमिनलाई आवश्यक पर्ने न्युनतम रासायनिक मलको करिब एकचौथाई मात्र आपूर्ति हुने गरको छ ।
News Desk 0 response बुधबार, जेष्ठ १४, २०७७
सिन्धुलीमा रहेको ६२ हजार ७ सय १३ हेक्टर खेतियोग्य जमिनमा कृषि उत्पादनको लागि न्युनतम ३ हजार १ सय १४ मेट्रिकटन युरिया, १ हजार ५८ मेट्रिक टन डिएपी र ८ सय १२ मेट्रिक टन पोटास आवस्यक पर्ने कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । तर हरेक वर्ष करिब एकचौथाई मात्र रासायनिक मल आपूर्ति हुने गरेको छ ।
सिन्धुलीमा खेतियोग्य जमिन मध्य करिब ८० प्रतिशत जमिनमा कृषि उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र सिन्धुलीका सूचना अधिकारी तथा वागवानी विकास अधिकृत श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यस वर्ष कृषि सामाग्रि कम्पनि लिमिटेडले हाल सम्म ८ सय ३४ मेट्रिक टन युरिया, १ सय ५० मेट्रिक टन डिएपि र ०.१६ मेट्रिक टन पोटास विक्रि गरेको छ । कृषि सामाग्रि कम्पनी लिमिटेडमा बार्षिक २ हजार मेट्रिक टन मात्र युरिया खरिद गर्ने बजेट भएको कृषि सामाग्रि कम्पनी लिमिटेड सिन्धुलीका निमित्त कार्यालय प्रमुख सन्तोष कुमार यादवले वताउनुभयो । जिल्लामा रहेका ६० ओटा सहकारीहरु मार्फत रासायनिक मल वितरण भई रहेको छ ।
त्यो २ हजार मेट्रिकटन पनि तीन जिल्ला सिन्धुली, रामेछाप र दोलखामा वितरण गर्नु पर्ने निमित्त प्रमुख यादवले वताउनुभयो । सिन्धुलीमा हरेक वर्ष विभिन्न सरहकारीहरुले सालट्रेडिङको जनकपुर डिपोबाट मल ल्याएर विक्रि गर्ने गरेकोमा यस वर्ष लकडाउन भएको कारण कुनै पनि सहकारीले मल नल्याएको हुनाले हाहाकार भएको निमित्त कार्यालय प्रमुख यादवले वताउनुभयो ।
सालट्रेडिङ अहिले रासायनिक मल भन्दा पनि खाद्यान्न सप्लाईमा व्यस्त भईरहेकोले पनि देशै भर मलको अभाव भई रहेको छ । रासायनिक मल नेपालमा उत्पादन नहुने, तेस्रो मुलुकबाट उत्पादन गरेर भारतको बाटो हुदै ल्याउनु पर्ने र यस वर्ष लकडाउनले ढुवानी हुन नसकेको कारण नेपालमा नै रासायनिक मल अभाव भई रहेको छ । कोरोना महामारीका कारण गाउँ फर्किएका युवा कृषिमा लागे पनि पर्याप्त रासायनिक मल तथा अन्य कृषि औजारको अभावका कारण समस्यामा परेका छन् । युवालाई कृषि पेशामा आकर्षित गर्न रासायनिक मल तथा कृषि औजारको सहज उपलब्धताको लागि सरोकारवालाको ध्यान जानु जरुरी छ ।
सम्बन्धित शीर्षकहरु
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च अदालतबाट खारेज
सोमवार, बैशाख १७, २०८१कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च अदालतबाट खारेज
सोमवार, बैशाख १७, २०८१करिब चार हजार हेक्टर वनमा डढेलो लाग्दा एक जनालाई पनि कारवाही हुन सकेन
आइतवार, बैशाख १६, २०८१राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ : अग्नी प्रसाद सापकोटा
शुक्रबार, बैशाख १४, २०८१-
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१ -
करिब चार हजार हेक्टर वनमा डढेलो लाग्दा..
आइतवार, बैशाख १६, २०८१ -
राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ :..
शुक्रबार, बैशाख १४, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१
-
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१ -
करिब चार हजार हेक्टर वनमा डढेलो लाग्दा..
आइतवार, बैशाख १६, २०८१ -
राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ :..
शुक्रबार, बैशाख १४, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१
-
महिलाहरु लक्षित शिविरमा ६ जनामा क्यान्सर भएको..
शुक्रबार, बैशाख ७, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
सुनकोशीको फलासेघाँरी वनमा लागेको डढेलो बस्तिमा फैलियो,..
सोमवार, बैशाख १०, २०८१