गोला प्रथाबाट राजकुमार विसुन्के बने देउराली आधारभूत विद्यालयको अध्यक्ष

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका-४ स्थित श्री देउराली आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राजकुमार विसुन्के चयन हुनुभएको छ ।

अध्यक्ष पदका लागि तीन जना आकांक्षीबीच प्रतिस्पर्धा भएपछि सहमति जुट्न नसक्दा गोला प्रथामार्फत विसुन्केलाई अध्यक्ष चयन गरिएको हो। यससँगै विद्यालय व्यवस्थापन समितिले नयाँ नेतृत्व पाएको छ ।

नवनिर्वाचित अध्यक्ष विसुन्केसँगै समितिको सदस्यहरुमा प्रेम कुमारी तामाङ, विपना सापकोटा, मिना थिङ, संगिता आछामे र गुणा बहादुर आछामे चयन हुनुभएको छ ।

नयाँ नेतृत्वले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सिकाइ उपलब्धि सुधार, भौतिक पूर्वाधार विकास तथा विद्यालयको समग्र व्यवस्थापनमा प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन भएसँगै देउराली आधारभूत विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *