तिन दिने रैथाने बाली तालिम तथा बीउबिजन वितरण कार्यक्रम समापन
सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा आज सनिबार तिन दिने रैथाने बाली तालिम तथा बीउबिजन वितरण कार्यक्रम समापन भएको छ ।
मरिण गाउँपालिकाको आयोजनामा भएको तिन दिने कार्यक्रम बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत “पोषणमैत्री स्थानीय शासन प्रवद्र्धन” गर्ने उदश्ेयले आयोजना गरीएको हो ।
पालिकाको वडा नं. ७, दधिदमारमा बिहिबार बाट सरु गरीएको तालिम आज सनिबार समापन गरीएको हो ।
वडा नं. ७ का वडा अध्यक्ष चन्द्रबहादुर थिङको अध्यक्षता तथा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानको प्रमुख आतिथ्यतामा समापन भएको तालिममा सम्बन्धित शाखाका कर्मचारीहरू, कृषकहरू तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
मरिण गाउँपालिकाले समय समयमा यस्ता प्रकारका धेरै तालिमहरु गर्दे आईरहेका छ । समय समयमा यस्ता प्रकारका तालिम आफ्नै गाउँ गाउँमा पाउँदा पालिकाबासीहरु निकै खुसी छन् ।



