लागुऔषध सहित चार जना पक्राउ

सिन्धुली/सिन्धुलीमा लागू औषध सहित चार जनालाई पक्राउ गरिएका छन्। ट्रामाडोल क्याप्सुल र ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल सहित चार जनालाई पक्राउ गरिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मरिण गाउँपालिका वडा नं.-७ देउजोरमा चेकजाँचको क्रममा मोटर साइकलको पछाडी सीटमा लुकाई छिपाई ल्याएको लागुऔषध सहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।
लागु औषध सहित पक्राउ पर्नेमा मोटरसाइकल चालक कमलामाई नगरपालिका वडा नम्बर २ का वर्ष २३का राम बहादुर डिम्डोङ र मोटरसाइकलमा सवार साजन तामाङ वर्ष २२ र १८ वर्षका सागर तामाङ साथै वर्ष २५ का सागर तामाङ रहेको प्रहरी निरीक्षक सुनिल प्रसाद चौरसियाले जानकारी दिनु भयो।
चौरसियाका अनुसार चेकजाँचका क्रममा मोटरसाइकलको सीटमा लुकाई छिपाई उनीहरूको साथबाट ट्रामाडोल क्याप्सुल-१२४ र ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल-१५५ पिस बरामद गरिएको हो।
प्रहरीका अनुसार उनीहरूमाथि जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनिल प्रसाद चौरसियाले जानकारी दिए।