६ महिनामा भएका ११४ सवारी दुर्घटनामा १६ जनाको ज्यान गयो

सिन्धुली/चालु आर्थिक वर्षको ६ महिनामा भएका सवारी दुर्घटनामा १६ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको साउन देखि पुष मसान्तसम्म भएका ११४ सवारी दुर्घटनामा १६ जनाको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

आर्थिक वर्ष २०८१ साउन महिना देखी .पुष अन्तिम सम्म भएका सवारी दुर्घटनाहरु अधिकांस चालकको लापर्वाहीका कारण भएको सिन्धुली प्रहरीले जनाएको छ । सवारी दुर्घटनामा परि ६ जना गम्भिर र २४४ जना सामान्य घाईते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । तथ्यांकमा उल्लेख भएअनुसार सवैभन्दा बढि मोटरसाइकल दुर्घटना भएका छन् ।

बढ्दो सवारी दुर्घटना न्यून गर्न प्रहरीले विभन्न कार्यक्रमहरु सन्चालन गरिरहेको छ । सवारी साधनहरुले आफ्नो क्षमता भन्दा पनि यात्रु बोक्ने र चालकले मदिरा सेवन गर्ने गरेकाले धेरैजसो सवारी दुर्घटना हुनेगरेको जिल्ला टा«फिक प्रहरी कार्यालयको भनाई छ । बढ्दै गएको सवारी दुर्घटना न्युन गर्न जिल्ला टा«फिक प्रहरी कार्यालयले जनचेतनामूलक कार्यक्रमहरु सन्चालन गर्नुका साथै सचेतनामूलक बोर्डहरु राखेको छ । समय समयमा चालकहरुलाई भेला गराएर सवारी नियमसम्वन्धि कक्षा समेत सन्चालन गरेको छ ।

सडकमा बाटो काट्ने व्यक्तिलाई पहिलो प्रथामिकता दिन जिल्ला प्रहरी कार्यालयले चालकहरुलाई आग्रह गरेको छ । त्यस्तै सवारी चलाउलु भन्दा अघि आफ्नो सवारी साधन राम्रोसंग चेकजाँच गरेर मात्रै चलाउन, जथाभावी ओभरटेक नगर्न,,एकअर्का संग प्रतिस्पर्धा नगर्न र खाल्डाखुल्डिहरु भएको ठाउँमा बिस्तारै हेरेर मात्रैै सवारी साधन चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सवारी दुर्घना कम गर्न सडक नाटक गर्ने, जनचेतनामूलक कार्यक्रम संचालन गर्ने, स्कुलमा गएर साप्ताहिक कार्यक्रम सन्चालन र लामो यात्रा गर्ने चालकहरुलाई २ मिनेट रोकेर बाटोको बारेमा जानकारी गराउने गरेको जिल्ला टा«फिक कार्यालय सिन्धुलीका प्रहरी सहायक निरिक्षक किर्तिमान घलानले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेका अनुसार ओभर स्पीड, ओभर कम्फिडेन्ट र लाइसेन्स भएता पनि भनुभव कम हुनु नै सवारी दुर्घटनाका मुख्य कारणहरु हुन् । यसलाई न्यून गर्न प्रहरीले योजना अनुसार काम गर्ने वहाँको भनाई छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *