सिन्धुलीमा १४ हजार ६ सय किशोरीलाई एचपिभि खोप लगाईने

जिल्लाको १४ हजार ६ सय २२ जना किशोरीलाई महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभि) खोप लगाईने भएको हो। खोप यही माघको २२ गतेदेखि २८ गतेसम्म संचालन हुने छ।

खोप सिन्धुलीका ९ वटा स्थानीय तहका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका १४ हजार ५ सय ५ र विद्यालय बाहिर रहेका १० देखि १४ बर्षका १ सय १७ गरेर १४ हजार ६ सय २२ जना किशोरीलाई खोप लगाउन लागिएको हो ।

कमलामाई नगरपालिकाका कक्षा ६ देखी १० सम्मका ३ हजार ६ सय १७ जना र विद्यालय बाहिर रहेका ४ जना, दुधौली नगरपालिकाका कक्षा ६ देखि १० सम्मका २ हजार ९ सय ५९ र विद्यालय बाहिर रहेका ३२ जना, तीनपाटन गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका १ हजार ५ सय ४५ जना र विद्यालय बाहिर रहेका १० जना, फिक्कल गाउँपालिकाका कक्षा ६ देखी १० सम्मका १ हजार १ सय ११ जना किशोरीहरुलाई खोप लगाईने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै गोलन्जोर गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका १ हजार ८२ र  विद्यालय बाहिर रहेका ३ जना, सुनकोसी गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका १ हजार ४५, घ्याङलेख गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका ६ सय ९२ जना र विद्यालय बाहिर रहेका ३७ जना, मरिण गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका १ हजार ४ सय ४४ जना, हरिहरपुरगढी गाउँपालिकाका  कक्षा ६ देखि १० सम्मका ९ सय ७७ जना र विद्यालय बाहिरका २९ जना किशोरीहरुले खोप लगाउँने छन् ।

अभियानमा विद्यालयमा अध्ययनरत सबैभन्दा धेरै कमलामाई नगरपालिकाका ३ हजार ६ सय १७ र सबैभन्दा न्यून घ्याङ्लेख गाउँपालिकाका ६ सय ९२ जना किशोरीहरुले खोप लगाउने छन् ।

जिल्ला भर खोप लगाउनका लागि २ सय २३ जना स्वास्थ्यकर्मी र ४ सय ६२ स्वयमसेवक परिचालन गरिएको छ भने ३ सय ३ खोप केन्द्र निर्धारण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले आज जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुको लागि (एचपिभि)खोप अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रममा  जानकारि दिएको हो ।
उक्त कार्यक्रम बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जनस्वास्थ कार्यालयको आयोजनामा भएको हो। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाले कार्यक्रम गर्दा के के समस्या भयो त भन्ने विषयमा पनि ध्यान दिनु पर्ने बताउनु भयो। साथै सञ्चारकर्मीहरु लाई प्रचार प्रचार गर्न आग्रह समेत गर्नु भएको छ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष कार्साङ लामा, प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द राज काफ्ले, विद्यालयका प्रधानाध्याकहरु, पत्रकारहरु लगाएतको सहभागिता रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *