सिन्धुलीको कानढुङ्ग्रीमा हायस दुर्घटना हुदा १२ जना घाईते

सिन्धुली/बिपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकाको सिमाना कानढुङ्गीमा हायस माइक्रो दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बा ३ ख८४४५ नम्बरको माइक्रो हायस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
गाडिमा सवार १८ जना मध्ये १२ जना घाइते भएका छन् भने बाँकी ६ जना सकुशल रहेको प्रहरीले जनाएको छ। हायस सडकको डिभाइडरमा ठोकिएर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सुचना अधिकारी प्रही नायव निरिक्षक अनिल कुमार खड्काले जानकारि दिनुभयो ।
घाइते मध्ये ५ जनालाई थप उपचारका लागि धुलिखेल रिफर गरिएको छ भने बाँकीलाई खुर्कोट कै सुनकोशी सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । चालक महोत्तरी जिल्लाको लक्ष्मिनिया-३ का सन्जयकुमार महतो रहेको प्रहरीले जनाएकाको छ।