माओवादीलाई सरकारमा जानु भन्दा प्रतिपक्षमा बस्नु फाइदा छ : दाहाल

साउन २८, सिन्धुली/प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ दाहाल (राजन) ले माओवादीलाई सरकारमा जानु भन्दा प्रतिपक्षमा नै बस्नु फाइदा भएको बताउनुभएकाे छ ।

माओवादी केन्द्र गोलन्जोर गाउँ कमिटीले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रमा बोल्दै दाहालले माओवादी सरकारमा जानु भन्दा प्रतिपक्षमा बस्नुमा नै फाइदा रहेकाे बताउनु भएको हो । उहाँले पुष्पकमल दाहाल (प्रचण्ड) को १९ महिने सरकारको समिक्षा इतिहासले गर्ने दाबि समेत गर्नुभयो ।

माओवादीले जनयुद्धको समयमानै भ्रष्टचार विरुद्धको अभियान सुरु गर्ने प्रयत्न गरेपनि माओवादी गाउँमा बस्ने र भ्रष्टहरु सदरमुकाम पस्दै सुरक्षित हुने गरेको टिप्पणी गर्नुभयाे । “प्रचण्डले थाल्नुभएको एजेण्डा सामान्य होइन । युद्धकालमा बाँचेका दलाल, भ्रष्टाचारी, भूमाफियालाई जेल पठाउने काम गर्याैँ । जनताले सम्मान गर्ने माथिल्लो ओहोदाका नेता, कर्मचारीहरुले ओडेका खोल हटाउन सुरु गर्याैँ। मुलुकको समस्या पहिचान गर्न सफल भयौँ । साथै बेइमान, पूँजिबादीको भ्रष्टाचार र अनियमितता हो भन्ने जनताले बुझेका छन्” दाहालले भन्नुभयो ।

१९ महिना सम्म भ्रष्टाचार गर्न नदिएको बताउँदै दाहालले योजनाका साथ भ्रष्टाचारीहरुको सँस्थागत फाइल खोलेर पूर्वगृहमन्त्री, सचिव, मुख्यसचिवलाई जेल पठाउने काम भएको बताउनुभयो । प्रचण्ड सरकारले उठाएको मुद्धा जनताले अनुमोदन गरिसेकेको दाहालको भनाई छ ।

आगामी चुनावमा माओवादीले यिनै एजेण्डा लिएर जनतामा माझ जाने उहाँले बताउनुभयो । शासकले हिजो संघियता, गणतन्त्र लोकतान्त्रिक समाज, धर्मनिरपेक्षता पनि अनुमोदन नगरेको बताउँदै दाहालले बन्दुकको बल र जनताको संरक्षित बलमा स्थापित गरिएको धारणा रख्नुभयाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *