२५६८ औँ बुद्ध जन्म जयन्तीको अवसरमा गुम्बामा विशेष पुजा तथा ¥याली प्रदर्शन

वैशाख १०, सिन्धुली/२५६८ औँ बुद्ध जन्म जयन्ती अर्थात शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको सिन्धुलीमा भव्यताका साथ मनाइएको छ । कमलामाई नगरपालिका ७ बुद्धनगर चोक स्थित कर्मा उर्गेन छोलिङ गुम्बामा विशेष पूजाआज तथा माढी बजारमा ¥याली प्रदर्शन गरिएको थियो ।

कर्मा उर्गेन छोलिङ गुम्बा समितिको आयोजनामा विहान ८ बजे गुम्बाबाट मूल लामा दुधराज लामा,लक्कुराज अन्य लामा गूरुहरु,भक्तजनको उपस्थितीमा ¥याली प्रदर्शन सूरु गरिएको थियो ।

¥याली बुद्धनगरचोक,२ नम्बर बजार, धुरा बजार हुँदै पुन गुम्बामा पुगेर ¥याली कोणसभामा परिणत भएको उर्गेन छोलिङ गुम्बा समितिका अध्यक्ष धन बहादुर घिसिङले जानकारी दिनुभयो । गुम्बामा आज दिनभरिनै बौद्ध धर्मावलम्बीहरुले बुद्धको पुजाआज गर्ने,आरधना र बुद्धप्रति भक्तिभाव प्रकट गर्ने उहाँले बताउनुभयो ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।

आज बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिने गुम्बाका सदस्य सरिता राई तामाङले बताउनुभयो । “ बौद्ध धर्मावलम्बीहरुका लागि आजको दिन शिशेष उत्सवको दिन हो । बेलुकी घरमा पनि दीपावली गरेर बुद्ध जयन्ती मनाउने गरेका छौँ । ; उहाँले भन्नुभयो ।

कर्मा उर्गेन छोलिङ गुम्बामा जिल्लाका करिब ५ सय जना बौद्ध धर्मावलम्बीहरु पुजामा सामेल हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *