• बैशाख ३, सिन्धुली/कमलामाई नगरपालिकाको चौथो नगरस्तरीय मेयरकप भलिबल प्रतियोगिताको फाइनलमा वडा नम्बर ७ र वडा नम्बर १० बिच प्रतिष्पर्धा हुनेभएको छ । आइतवार उद्घाटन भएको चौथो नगरस्तरीय मेयरकप भलिबल प्रतियोगिताको सेमिफाइनसम्मको खेल खेलाइएको आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ ।

    ९ वटा वडाले सहभागिता जनाएकोमा प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ५ र ७ बिच प्रतिष्पर्धा हुँदा वडा नम्बर ७ बिजयी भएको कमलामाई नगर खेलकुद विकास समितिका अध्यक्ष लोक बिक्रम थापाले जानकारी दिनुभयो । दोस्रो प्रतियोगितामा वडा नम्बर २ र ३ बिच भएको खेलमा वडा नम्बर २ विजयी भएको थियो भने तेस्रो प्रतियोगितामा वडा नम्बर १० र वडा नम्बर १ बिच भएको खेलमा वडा नम्बर १० विजयी भएको थियो ।

    चौथो प्रतियोगितामा वडा नम्बर ९ र ११ बिच भएको प्रतिष्पर्धामा ९ नम्बर वडाले ११ नम्बरलाई हराएको आयोजकले जनाएको छ । त्यस्तै आइतवार नै भएको सेमिफाइनल प्रतियोगिता अन्तरगत वडा नम्बर ७ र वडा नम्बर २ बिच भएको प्रतिष्पर्धामा वडा नम्बर ७ बिजयी हुँदै फाइनलमा प्रवेश गरेको छ भने दोस्रो सेमिफाइनलमा वडा नम्बर १० ले वडा नम्बर ९ लाई हराउँदै फाईनलमा प्रवेश गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

    चौथो नगरस्तरीय मेयरकप भलिबल प्रतियोगिताको फाइनल खेल चैत ४ गते गते खेलाइने आयोजकले जनाएको छ । भलिबल प्रतियोगिताको विजेतालाई ६० हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेतालाई ४० हजार नगद, मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । उपमेयर कप भलिवल प्रतियोगिता पनि सोमबारबाट सुरु हुने आयोजकले जनाएको छ ।