-
फागुन २०, सिन्धुली/आजबाट मरिण गाउँपालिकास्तरिय चौथो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ( राजन) ले एक औपचारिक कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ( राजन) ले खेलकुद सुन्दर जीवन जिउनका निम्ति र स्वस्थ जीवनयापनका लागि महत्त्वपूर्ण माध्यम रहेको बताउनुभयो । वहाँले खेलमार्फत आफ्ना प्रतिभाहरु बाहिर ल्याउन तथा स्वस्थ प्रतिस्पर्धा गरी खेलमा अब्बलता कायम गर्न सकिने धारणा राख्नुभयाे ।
“वडास्तरिय प्रतिष्पर्धामा सफल भएर पालिकास्तरिय प्रतिस्पर्धामा उपस्थित हुनुभएको छ । पालिकाभरिका प्रतिभाहरुको केन्द्रिकरण यहाँ भएको छ । यी प्रतिभामध्ये जसले सफलता हाँसिल गर्नुहुन्छ उहाँले जिल्लास्तरिय, प्रदेशस्तरिय, राष्ट्रिय अन्तराष्ट्रिय प्रतिष्पर्धामा भाग लिनुहुने छ । त्यो आत्मविश्वास यो खेलमैदानले प्रदान गर्नेछ” दाहालले भन्नुभयो । खेलकुद क्षेत्र सवै ठाउँमा काम लाग्ने भन्दै सासद दाहालले भन्नभयाे “खेल मैदानले हरेक खेलाडीमा उत्साह र ऊर्जा प्रदान गर्छ । सिकाएर र जिताएर पठाउने काम यो मैदानले गर्नेछ । तपाईंहरुले कि जितेर जानुहुनेछ, कि त सिकेर जानुहुनेछ । जसले जितेर जानुहुन्छ थप तयारी गर्नुहुनेछ । जसले सिकेर जानुहुन्छ अर्को प्रतिष्पर्धाको लागि आफूलाई श्रेष्ठतम सावित गर्नुहुनेछ ।”
जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले खेलकुदले मरिणको चौतर्फी विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्षकप मरिणका कुना कुनामा रहेका बालबालिकाको प्रतिभालाई चिनाउने अवसर पनि भएकाे उहाँले बताउनु भयो ।
त्यस्तै मरिण गाउँपालिकाक अध्यक्ष विमर्स मोक्तान (प्रख्यात) ले राष्ट्रिय स्तरका खेलाडि उत्पादन गर्ने उदेश्यले अध्यक्षकपको आयोजना गरिएको बताउनु भयो । वडास्तरबाट छानिएर आएका खेलाडि पालिका स्तरमा मात्रै सिमित हुन नहुने बताउँदै वहाँले पालिका स्तरकाे मात्रै उदेश्य वनाउनु गलत हुने धारणाा राख्नुभयाे । आत्मविश्वास र अनुसाशनलाई आत्मसाथ गर्दै अगाडि बढ्नको लागि उहाँले खेलाडिहरुलाई अनुरोध समेत गर्नुभयो । यस्तै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले खेलाडिहरुलाइ अध्यक्षकपबाट छानिएर राष्ट्रिय रुपमा पालिकालाई चिनाउन सक्ने आत्मविश्वासका साथ खेलमा मेहनत गर्न आग्रह गर्नुभएको छ ।
मरिण गाउँपालिकाका उपाध्यक्ष बिमला माझिले राष्ट्रिय स्तरमै खेलकुद प्रतियोगितामा महिलाले पाउने पुरस्कार पुरुषको भन्दा कम किन भनेर प्रश्न गर्नुभएको छ । खेलमा समय र मेहनत महिला र पुरुषकको एउटै हुने तर पुरस्कारमा महिलालाई कम दिने व्यवस्था बदल्न आवश्यक रहेको वहाँले बताउनु भयो । यो बर्ष अध्यक्षकप प्रतियोगितामा महिला र पुरुष दुवै तर्फका बिजेताहरुलाई पुरस्कार बराबर राखिएको छ ।आजबाट सुरु भएको चौथो अध्यक्ष कप प्रतियोगितामा फुटबल (महिला, पुरुष), भलिबल (महिला, पुरुष ) र पुरुष ब्याटमिन्टन प्रतियोगिता सन्चालन हुने छ । उद्घाटन खेलमा फुटबलको पुरुष तर्फको प्रतियोगितामा वडा नम्बर ५ (ए) र वडा नम्बर ६ (१) बिच प्रतिष्पर्धा भएको थियो ।
अध्यक्षकपमा फुटबल पुरुष तर्फ २३ वटा टिम रहेको छ भने महिला तर्फ ६ टिम छ । त्यस्तै भलिबल पुरुष तर्फ १२ वटा टिम र महिला तर्फ ६ वटा टिमले प्रतिष्पर्धा गर्ने छन् । व्याडमिन्टनमा पुरुषहरुको ६ वटा टिम रहेको मरिण गाउँपालिकास्तरिय युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सागर थिङले जानकारी दिनुभयो । प्रतियोगितामा फुटबल तर्फ पुरुष र महिला दुवै टिमका विजयी वडाले १ लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता वडाले ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
भलिबल तर्फ महिला र पुरुष दुवै टिमका विजयी वडाले २० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता वडाले १० हजार नगद , शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै ब्याटमिन्टन तर्फ विजेतालाई १० हजार नगद, शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ५ हजार नगद, शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष थिङले बताउनु भयो । मरिण गाउँपालिकास्तरिय युवा तथा खेलकुद विकास समितिको आयोजनामा स्नचालन भएको प्रतियोगिता यहि फागुण २८ गते समापन हुनेछ ।
News Desk 0 response आइतवार, फाल्गुन २०, २०८०

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२
