• पुस १९, सिन्धुली/सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले पुस २७ गतेबाट सिन्धुलीमाढीमा हुने मेला महोत्सवप्रति आपति जनाएको छ । उद्योग वाणिज्य संघ सिन्धुलीले व्यवसायिक मन्दिले तहस नहस भएको समयमा पनि सम्बन्धित निकायले मेला महोत्सव गर्न स्विकृती दिएको भन्दै कमलामाई नगरपालिका र प्रमुख जिल्ला अधिकारी प्रति आपति जनाउँदै ध्यानाकर्षण गराएको हो ।
    सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा आज बसको कार्यसमितिको बैठकले व्यवसायिक मन्दि, बैंकको चर्को ब्याजदरका कारण व्यवसायिहरु दैनिक पलायन हुँदै गएको र व्यवसाय तहस नहसमा पुगेको समयमा ब्रहदहुड इन्टरटेडमेन्ट एण्ड म्यानेजमेण्ट सिन्धुलीले उद्योग वाणिज्य संघ सिन्धुलीसँग कुनै समन्वयनै नगरी १० दिने महोत्सव आयोजना गरिनु खेद जनक रहेको भन्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।
    विना उद्देश्यको मेला महोत्सव गर्ने कार्य बन्द गर्नुपर्ने माग गरिएको छ । यसर्थ सम्बन्धित निकायले महोत्सव नरोके उद्योग वाणिज्य संघ सिन्धुली बिरोधमा उत्रने समेत चेतावनी दिइएको छ ।
    “व्यवसायिक व्यापार मेला महोत्सवको सन्दर्भमा नेपाल सरकार गृह मन्त्रालयको समन्यमा सन्चालन गर्दा देशको आर्थिक क्रियाकलाप विस्तार, राजस्व र उत्पादन बृद्धिमा योगदान पुग्दै आएको सन्दर्भमा उद्योग बाणिज्य संघ तथा व्यापार क्षेत्रसँग कुनै सम्बन्ध नभएका संघ/संस्थाहरुले मेला महोत्सव आयोजना गर्दा आपसि सहयोग र समन्वयको अभाव, सुरक्षा व्यवस्थापकिय समस्या बढ्न गएको, आन्तरिक राजस्वमा योगदान नपु¥याएको एवम् खर्चको पारदर्शिता र सामाजिक उत्तरदायित्व देखिदैन; उद्योग वाणिज्य संघ सिन्धुलीको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
    मेला महोत्सव आयोजना गर्दा उद्योगी, व्यापारीहरुलाई कुनै गुनासो नरहेको तर २७ गतेबाट ब्रदरहुडले आयोजना गरेको महोत्सव स्टलनै राखेर संचालन गरिने निर्णय भएको कार्यप्रति खेद प्रकट गदैँ यदि सो मेला महोत्सव नरोकिए उद्योग वाणिज्य संघ सिन्धुलीको नेतृत्वमा चरणबद्धरुपमा बिरोध प्रदर्शनमा हुने र आन्दोलबाट घटेको घटनाको क्षति सम्बन्धित निकायले जिम्मा लिनुपर्ने उद्योग वाणिज्य संघ सिन्धुलीले चेतावनी दिएको छ ।