• पुस १०,सिन्धुली/प्याब्सन सिन्धुलीको नवौँ सप्ताहाव्यापी खेलकुद प्रतियोगिता आज सिन्धुलीमाढीमा समापन भएको छ । प्याब्सन सिन्धुलीका अध्यक्ष मनोज प्रधानको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेलको प्रमुख आतिथ्यतामा सप्ताहाव्यापी खेलकुद प्रतियोगिताको समापन भएको हो ।

    आज विभिन्न विधाका प्रतियोगिताका विजेता विद्यार्थी तथा विद्यालयलाई पुरस्कृत गरिएको छ । जसमा पुरुष तर्फको भलिबल प्रतियोगितामा आधुनिक इङ्लीस बोर्डिङ स्कुल प्रथम, स्वीस सिन्धुली इङ्लीस बोर्डिङ द्धितिय र तेस्रो न्यू सिद्धस्थली बोर्डिङ स्कुल तृतिय स्थान हासिल गरेका थिए ।

    विजेता विद्यार्थीहरुलाई कप र मेडल प्रदान गरिएको छ भने बेस्ट प्लेयर स्वीस सिन्धुलीका इङ्लीस बोर्डिङ विद्यार्थी अदृष्य तामाङ भएका छन् ।
    महिला तर्फको भलिबल प्रतियोगितामा आधुनिक इङ्लीस बोर्डिङ स्कुल प्रथम, स्वीस सिन्धुली इङ्लीस बोर्डिङ द्धितिय र जनता इङलीस बोर्डिङ स्कुल तृतिय भएको थियो । विजेता विद्यार्थीहरुलाई कप र मेडल प्रदान गरिएको छ । महिला तर्फको भलिबल प्रतियोगिताको बेस्ट प्लेयर आधुनिक इङ्लीस बोर्डिङ स्कुलकी कल्पीता न्यौपाने भएकी हुन् ।
    त्यस्तै यथ्लेटिक्स जुनियर तर्फको प्रतियोगितामा कमलाखोज शिक्षा सदन दुधौली प्रथम, साइनिङमुन एकेडेमि सिन्धुली द्धितिय र जनता इङ्लिस बोर्डिङ स्कुल तृतिए भएको छ ।
    यथ्लेटिक्स सिनियर तर्फ सिन्धु शुभ प्रभात इङ्लीस बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ भने सिद्धस्थली बोर्डिङ स्कुल द्धितिय र कमला एकेडेमिक बोर्डिङ स्कुल भिमानले तृतिय स्थान हासिल गरेको छ ।साथै आज भएको खुल्ला नृत्य प्रतियोगितामा न्यू सिद्धूथली बोर्डिङ स्कुल प्रथम, आधुनिक इङ्लीस बोर्डिङ स्कुल द्धितिय र साइनिङमुन एकेडेमि सिन्धुली तृतिय भएको हो ।