-
मंशिर ४, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाको ७ वटै वडामा वडा स्तरिय खेलकुद प्रतियोगिता गरिने भएको छ । गाउँपालिकाको अध्यक्ष कप फुटबल प्रतियोगिताको लागि वडास्तरीय छनोट प्रक्रिया सुरु गरिएको हो ।
आज मरिण गाउँपालिका २ नम्बर वडाको मुङ्ग्रे दोभानमा युवा तथा खेलकुद विकास समितिका कार्यबाहक अध्यक्ष बृष मोक्तान (अजय)को अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यतामा वडा स्तरिय फुटबल प्रतियोगिताको उद्घाटन गरिएको छ ।
अध्यक्ष कप फुटबल प्रतियोगिताको लागि वडा स्तरिय प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताउनु भयो । वडाबाट उत्कृष्ठ खेलाडि मात्रै पालिका स्तरिय प्रतियोगितामा लैजानको निम्ति छनोट सुरु गरिएको उहाँले बताउनु भयो ।
समग्र खेलकुदको विकास, सम्बर्धन, प्रबर्धन र खेलकुद प्रतिको आकर्षण अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याउने उद्देश्यले खेलकुद प्रतियोगिता आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष मोक्तानको भनाई छ । यस्ता प्रतियोगिताले खेलाडि उत्पादनमा महत्वपुर्ण भूमिका खेल्ने पनि उहाँले बताउनु बताउनु भयो ।
यो बर्ष गाउँपालिकाले चौँथो अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजन गर्ने तयारी गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम दर्जिले बताउनु भयो । वडास्तरीय खेलाडि छनोटको लागि गाउँपालिकाले ७ वटै वडालाई २/२ लाख बजेट बिनियोजन गरेको छ । उद्घाटन कार्यक्रममा २ नम्बर वडाका वडा अध्यक्ष बहादुर आले मगर लगायत वडा सदस्यहरुको उपस्थिती रहेको थियो । यसभन्दा अगाडि वडा नम्बर ४ ले वडास्तरीय फुटबल प्रतियोगिता सम्पन्न गरिसकेको छ ।
News Desk 0 response सोमवार, मंसिर ४, २०८०

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमा एम्बुलेन्स ट्रक सँग ठोक्किदा ५ जना..
बिहिबार, मंसिर १४, २०८० -
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
भिजेको जुत्ता
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८०
-
सिन्धुलीमा एम्बुलेन्स ट्रक सँग ठोक्किदा ५ जना..
बिहिबार, मंसिर १४, २०८० -
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८० -
कार्यक्रममै भक्कानीय गोपि आछामी
शुक्रबार, मंसिर ८, २०८०
-
सिन्धुलीमा बस र मोटरसााइकल एक आपसमा ठोक्किदा..
सोमवार, मंसिर ४, २०८० -
सिन्धुलीमा छोराले रड प्रहार गरेर आफ्नै बुवाको..
बिहिबार, मंसिर ७, २०८० -
पुर्व जनमुक्ति सेना नेपाल सिन्धुलीको अध्यक्षमा शरण..
शुक्रबार, मंसिर ८, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
हायसले साईकललाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु
सोमवार, मंसिर ४, २०८०